काठमाडौँ – समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले ओलीतन्त्रको अन्त्य गर्न सबै राजनीतिक दल मिलेर अगाडी बढ्नुपर्ने बताएका छन्। सामाजिक संजाल ट्वीटर मार्फत भट्टराईले लोकतन्त्रको रक्षा गर्नको लागि सबै मिलेर ओलीतन्त्रको अन्त्यगर्नुपर्ने बताएका हुन्।
कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउनले जनतालाई भोक-भोकै बस्न बाध्य बनाएको समयमा ओली सरकारले अध्यादेश ल्याएर लोकतन्त्रविरोधी विष पिलाउने कार्य गरेको उनको भट्टराईको बुझाई छ।
कोरोनापीडित आमजनता र लकडाउन/भोकपीडित श्रमिकलाई औषघी,खाना र राहतको व्यवस्था गर्न छाडेर ओली सरकारले पार्टी फुटाउने र संवैधानिक आयोग कब्जा गर्न खोजेको उनको आरोप छ।
ओली सरकारबाट लोकतन्त्र नै खतरामा परेको भन्दै उनले दलीय घेराभन्दामाथि उठेर ओलीतन्त्रको अन्त्य गर्न सबै भट्टराईले अपिल गरेका छन्।
“कोरोनापीडित आमजनता र लकडाउन/भोकपीडित श्रमिकलाई औषघी,खाना र राहत सट्टा उल्टै पार्टी फुटाउने र संवैधानिक आयोग कब्जा गर्ने अध्यादेश ल्याएर लोकतन्त्रविरोधी विष पिलाउने ओली सरकारलाई अव विदा गर्नुको विकल्प छैन।दलीय घेराभन्दामाथि उठौं!ओलीतन्त्रको अन्त्य गरैौं! लोकतन्त्रको रक्षा गरौं!”,भट्टराईले ट्वीट गर्दै भनेका छन्।
कोरोनापीडित आमजनता र लकडाउन/भोकपीडित श्रमिकलाई औषघी,खाना र राहत सट्टा उल्टै पार्टी फुटाउने र संवैधानिक आयोग कब्जा गर्ने अध्यादेश ल्याएर लोकतन्त्रविरोधी विष पिलाउने ओली सरकारलाई अव विदा गर्नुको विकल्प छैन।दलीय घेराभन्दामाथि उठौं!ओलीतन्त्रको अन्त्य गरैौं! लोकतन्त्रको रक्षा गरौं!
— Baburam Bhattarai (@brb1954) April 21, 2020