ट्रम्पद्धारा किमको स्वास्थ्य लाभको कामना: “अरु मलाई थाहा छैन, सिघ्र स्वास्थ्य लाभको कामना गर्छु”

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
स्थानीय समयानुसार मंगलबार उनले नेता किम गम्भीर विरामी भएको थाहा पाएको भन्दै उनको पूर्ण स्थास्थ्य लाभको कामना गरेका हुन्।

‘उहाँ सिकिस्त विरामी हुनुभएको छ भन्ने विवरण मलाई प्राप्त भएको छ, अरु मलाई केही थाहा छैन, मैले केबल उहाँको सिघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्न सक्दछु, ट्रम्पले भनेका छन्  । दैनिक एक कार्यक्रममा मङंगलबार उनले किमसँग आफ्नो निकै राम्रो सम्वन्ध बन्दै गएको पनि स्मरण गरेका छन् ।

अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले उत्तर कोरियाका सर्वोच्च नेता किमको खतरापूर्ण शल्यक्रिया गरिएको र सिकिस्त विरामी भएको विवरण दिएपछि उनले यस्तो बताएका हुन् । नेता किम यही अप्रिल १५ तारिखका दिन आफ्ना हजुरबुवाको जन्मोत्सव कार्यक्रममा पनि अनुपस्थित भएका थिए ।

उनी त्योभन्दा चार दिन अगाडी एउटा सरकारी बैठकमा भने देखिएको गुप्तचर निकायहरुको सूचनालाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । तर उत्तर कोरियाली सरकारी अधिकारीहरुले भने किम विरामी भएको पुष्टि गरेका छैनन् । उनीहरुले पहिलाभन्दा अहिले कुनै फरक नरहेको दाबी गरेका छन् ।

योन्ह्याप समाचार संस्थाले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै जनाए अनुसार उनीहरुले कुनै फरक नरहेको बताएका छन् । उत्तर कोरियामा पहिलाभन्दा अहिले कुनै फरक छैन, बाहिर चलाइएको हल्ला सत्य होईन, एक सरकारी उच्च अधिकारीले भने । अध्यक्षका प्रवक्ता काङ मिन सेओकले पनि उत्तर कोरियामा कुनै नयाँ कुरा नभएको दाबी गरे।

उत्तर कोरियामा प्रेस स्वतन्त्रता नभएकाले पर्याप्त र यथार्थ सूचना सहजै सार्वजनिक हुन नसक्ने भएकाले बेला बेलामा सूचताप्रतिको अन्यौलता सृजना हुने गर्दछ ।

प्रकाशित : बुधबार, बैशाख १०, २०७७१४:००

युरोपमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख १० हजार नाघ्यो !