काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकार विरुद्ध भोलि देशभर प्रदर्शन गर्ने भएको छ ।
सरकारद्वारा जारी राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघ भोलि देशभर प्रदर्शन गर्ने भएको हो।
नेविसंघका अध्यक्ष राजीव ढुंगानले बिहिबार एक विज्ञप्ति जारी गर्दै अध्यादेश फिर्ता लिन माग गर्दै देशभर विरोध प्रदर्शनको घोषणा गरेका हुन्। ध्यादेशविरुद्ध भोलि विहान ९ बजे ७७ वटै जिल्लाका प्रमुख स्थानमा संकेतिक विरोध प्रदर्शन गरिने विज्ञप्तिमा उनले जनाएका छन्।
सिङ्गो राष्ट्र एकजुट भएर कोरोना बिरुद्ध ताग्नु पर्ने यो बिर्पात्तको क्षणलाई पनि ओली सरकारते आफू निरंकुशता तर्फ अग्रसर हुने मौकाको रुपमा उपयोग गर्न खोजेको उनको आरोप छ।
“सबै जनता र दलहरुलाई साथ तिइ कोरोना बिरुद्ध लड्नु पर्ने यस क्षणमा राजनैतिक दबहरु फुटाइ आंस्थरता सृजना गर्ने राजनोतक दल सम्बन्धी अध्यायदेश र प्रतिपक्षको भूामकालाई कमजोर पार्दै निरंकुशता तर्फ अग्रसर हुने औंजारका रूपमा संबैधानिक परिषद सम्बन्धी अध्यायदेश जारी हुनुले सरकारको सर्वसत्तावादी सोचलाई छर्लङ्ग पारेको छ”,विज्ञप्तिमा भनिएको छ।
विरोध प्रदर्शनको आह्वान गर्दै उनले विज्ञप्तिमा भनेका छन्,”लोकतन्त्रका निम्ति घातक २ वटै अध्यायदेश फिर्ता तिन सरकारलाई दबाब दिन भात बैशाख १२ गते बिहान ९ बजे देशका ७७ बटै जिल्ताका प्रमुख स्थत हरुमा “साङ्कोतक बिरोध प्रदर्शन” को निम्ति नेबिसंघ आह्वान गर्दछ।”