एजेन्सी – कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या अमेरिकाका ५० हजार नाघेको छ। बितेको २४ घण्टामा २ हजार ३ सय ४२ जनाको ज्यान गएसँगै अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५० हजार नाघेको हो।
यो समाचार तयार पार्दा सम्म त्यहाँ ५० हजार २ सय ३६ जनाले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या ८ लाख ८६ हजार ४ सय ४२ पुगेको छ। बितेको २४ घण्टामा मात्र अमेरिकामा ३१ हजार ९ सय संक्रमित थपिएका छन्। अमेरिकामा अहिले सम्म ८५ हजार ९ सय २२ जना संक्रमित निको भएर घर फर्किसकेका छन्। बताइएअनुसार, अमेरिकामा लगभग १५ हजार संक्रमितको अवस्था अत्यन्त गम्भीर छ।
सबै भन्दा कोरोना संक्रमित बढी न्यूयोर्क राज्यमा भेटिएका छन् भने सबै भन्दा मृत्यु पनि त्यहीं भएको छ। न्यूयोर्क राज्यमा मात्रै अहिले सम्म २० हजार ८ सय ६१२ जनाले ज्यान गुमाइसकेका छन्। बितेको २४ घण्टामा मात्रै त्यहाँ ५ सय ७ जनाले ज्यान गुमाएका छन्। न्यूयोर्कमा मात्र २ लाख ६८ हजार ५ सय ८१ जनामा कोरोनाको पुष्टि भैसकेको छ।
यस्तै कोरोनाबाट न्यू जर्सी राज्य पनि अति प्रभावित देखिएको छ। त्यहाँ अहिले सम्म १ लाख २५ जना संक्रमित फेला परेका छन् भने ज्यान गुमाउनेको संख्या ५ हजार ४ सय २८ पुगेको छ।