अस्ट्रेलियन अनुसन्धानकर्ताको दावी – “पादबाट पनि सर्छ कोरोना”

एजेन्सी – विश्वभर आतंक मच्चिरहेको कोरोना भाइरस संक्रमण बारे अहिले विभिन्न अनुसन्धान भइरहेको छ। कोरोना भाइरसको भ्याक्सिन देखि कोरोना भाइरस सर्ने माध्यम बारे अनुसन्धान जारी छ। अनुसन्धानकर्ताहरुले कोरोना भाइरस श्वास-प्रश्वास प्रणालीबाट शरीरमा प्रवेश गर्ने पत्ता लगाएसँगै अहिले मास्क प्रयोग गर्न थालिएको छ।

यस्तै अस्ट्रेलियाका अनुसन्धानकर्ताहरुले भने कोरोना भाइरस संक्रमण ‘पाद’बाट पनि सर्न सक्ने दावी गरेका छन्। खोकी र थुकका छिटा
बाहेक कोरोना ‘पाद’बाट पनि सर्न सक्ने तथ्य आफूहरुले फेला पारेको अस्ट्रेलियाका अनुसन्धानकर्ताहरुले दावी गरेका हुन्।

कोरोना भाइरस कुन-कुन माध्यमबाट सर्न सक्छ भन्ने बारे अध्ययन गर्दा यस्तो तथ्य थाहा हुन आएको अस्ट्रेलियाका अनुसन्धानकर्ताहरु बताउँछन्। उनीहरुका अनुसार कोरोना ‘पाद’ बाट पनि फैलिन सक्ने सम्भावना देखिन्छ।

डाक्टर एन्डी ट्यागका अनुसार उनले एक कोरोना संक्रमित माथि अनुसन्धान गरेका थिए। जसक्रममा कोरोना भाइरस ‘दिसा’ मा पनि उपस्थित हुने गरेको उनले पाएका थिए। जसलाई आधार बनाएर थप अनुसन्धान गर्दा भाइरस ‘पाद’बाट पनि हावामा फैलिन सक्ने देखिएको उनको दावी छ। आफूले अनुसन्धान गरेको ५५ प्रतिशत संक्रमितको ‘दिसा’मा कोरोना भाइरस पाइएको उनी बताउँछन्।

विशेष गरेर कपडाहरू नलगाएको व्यक्तिको ‘पाद’बाट कोरोना वातावरणमा फैलिन सक्ने उनको भनाई छ। यस कारण उनी सामाजिक दूरी प्रोटोकल अनुसरण गर्न र आफू आसपास अरु व्यक्ति भएको अवस्थमा पाद्न नहुने सल्लाह दिन्छन्।

विभिन्न अन्तर्वार्ताहरुमा पादबाट कोरोना सर्न सक्ने दावी गर्दै आएका एन्डी ट्यागले आधिकारिक रुपमा यस तथ्यको पुष्टि भने गर्न सकेका छैनन्। उनको यस अनुसन्धान कुनै पनि जर्नलमा प्रकाशित भने छैन। यस कारण उनको यस दावीलाई पूरै विश्वास भने गर्न सकिँदैन। हुन त, कोरोना भाइरस बारे अनुसन्धानकर्ताहरु अनेक दावी गरिरहने गर्छन्। तर, आफ्नो दावीलाई पुष्टि गर्न भने धेरै अनुसन्धानकर्ताहरु असमर्थ हुने गरेका छन्।

प्रकाशित : शुक्रबार, बैशाख १२, २०७७०६:५१

कोरोना पिडा: पितासँग लगातार ३० घण्टा फोनमा बोलिन् छोरी, सास जाँदा सम्म सुनिरहिन् !