“बाध्य भएर अध्यादेश फिर्ता गर्नु कुनै बहादुरी हैन, प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ”

काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेका छन्।

लोकतन्त्रको अन्त्य गर्न प्रधानमन्त्री उद्दत भएको भन्दै पौडेलले सामाजिक संजाल ट्वीटर मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेका हुन्।

बाध्य भएर अध्यादेश फिर्ता गर्नुमा कुनै बहादुरी नहुने पौडेलको टिप्पणी छ। सांसद अपहरण प्रकरण बारे ओलीले जनताका अघि उभिएर जवाफ दिनुपर्ने पनि उनले ट्वीटरमा उल्लेख गरेका छन्।

“बाध्य भएर अध्यादेश फिर्ता गर्नु कुनै बहादुरी हैन । जनताका अघि उभिएर जवाफ दिनुस् प्रधानमन्त्री ज्यु- सांसद अ-पहरण अर्ने मानवताविरोधी अ-पराध किन गर्नुभयो ?”,उनले ट्वीटरमा लेखेका छन्।

लोकतन्त्रको नै अन्त्य गर्ने मानसिकता भएका व्यक्ति प्रधानमन्त्रीको कुर्सीमा बस्ने कुनै नैतिकता नहुने भन्दै पौडेलले प्रधानमन्त्रीको अविलम्ब राजिनामा माग गरेका छन्।

प्रकाशित : शुक्रबार, बैशाख १२, २०७७१५:१६

“सांसद उठाउनेलाई गाली, बालुवाटारमा बासेर षडयन्त्रका तानावाना बुन्नेलाई सलामी?”