“सांसद उठाउनेलाई गाली, बालुवाटारमा बासेर षडयन्त्रका तानावाना बुन्नेलाई सलामी?”

फाइल तस्बिर

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापाले प्रधानमन्त्रीको हैसियतमा रहने वैधता गुमाइसकेका व्यक्तिबाट कोरोना भाइरस जस्तो महासंकट पार नलाग्ने दावी गरेका छन्।

राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश फिर्ता भएको विषय माथि टिप्पणी गर्दै थापाले यस्तो बताएका हुन्। अध्यादेश फिर्ता गरेको धन्यवाद दिँदै उनले सांसद उठाउनेलाई गाली दिएर अरुलाई उन्मुक्ति दिने कुरा मान्न नसकिने इंकित गरेका छन्।

सांसदलाई अपहरणशैलीमा काठमाडौँ ल्याउनेलाई गाली गरेर वालुवाटारमा वसेर षडयन्त्रका तानावाना बुन्ने र आदेश दिनेलाई सलाम गर्ने ? भन्दै उनले प्रश्न गरेका छन्।

“अध्यादेश फिर्ता!अनि धन्यवाद!सांसद उठाउनेलाई गाली तर वालुवाटारमा वसेर षडयन्त्रका तानावाना बुन्ने र आदेश दिनेलाई भने सलामी!
तैं चुप मै चुप!सवै खत माफ?”,थापाले ट्वीटरमा लेखेका छन्।

यस्तो छ थापाको ट्वीट –

अध्यादेश फिर्ता!अनि धन्यवाद! सांसद उठाउनेलाई गाली तर वालुवाटारमा वसेर षडयन्त्रका तानावाना बुन्ने र आदेश दिनेलाई भने सलामी! तैं चुप मै चुप!सवै खत माफ? राजनीतिको विकृत ध-न्धा त यसरी चल्ला तर वैधता गुमाएको कमाण्डरबाट न यो महासंकट पार लाग्छ न त संविधानको भक्षकबाट यसको रक्षा नै हुनेछ।

प्रकाशित : शुक्रबार, बैशाख १२, २०७७१५:३८

बागलुङकी अंशुले जितिन् कोरोना