दुबईबाट काठमाडौँ झरेर बस चढी घर पुगे, पितालाई कोरोना सर्यो !

काठमाडौं । पूर्वी नाका झापामा पनि पहिलो पटक कोरोना भाइरस देखिएको छ । झापाका ६२ वर्षिय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणका उनको रिपोर्ट पोजेटिभ आएको हो । उनलाई उपचारका लागि विराटनगरस्थित कोरोना अस्पताल ल्याइएको छ । यससँगै संक्रमितको संख्या ४९ पुगेको छ । प्रारम्भिक जानकारी उनका छोरा दुबईबाट आएका थिए । संक्रमितका छोरा ४ चैतमा दुबईबाट काठमाडौं ओर्लिएका उनी बस चढेर घर पुगेका थिए ।

विदेशबाट आएकाहरुको परीक्षणका क्रममा उनीसँगै परिवारमा रहेका उनका आमा, बावु र श्रीमतीको र्यापिड टेष्ट गरिएको थियो । श्रीमती बाहेक सबैको पोजेटिभ आयो । त्यसपछि सबैको थ्रोट स्बाव संकलन गरेर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । अरुको नेगेटिभ आयो तर, ६२ वर्षका बृद्धको रिपोर्ट पोजेटिभ आएको छ । उनी डाइबेटिजको विरामी भएको पाइएको छ । तर परिवारका कुनै सदस्यमा पनि लक्षण देखिएको थिएन । अब संक्रमितको सम्पर्कमा रहेकाहरुको खोजी गरेर परीक्षण गर्ने तयारी थालिएको छ । करिव ४०० को थ्रोब स्बाव संकलन गर्ने तयारी छ ।

योसँगै प्रदेश–१ मा मात्र २९ जनामा संक्रमण देखिएको छ । सबैभन्दा बढि उदयपुरको भुल्केमा २८ जना संक्रमित पाइएको छ । सो क्षेत्र सिल गरेर स्वास्थ्य परीक्षणको काम अगाडी बढाइएको प्रदेश सरकारले जानकारी दिएको छ । उदयपुरको घटनापछि सरकारले प्रदेश–२ लाई नै उच्च निगरानीमा राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २८ संक्रमित भेटिएका उदयपुरको भुल्के क्षेत्रसँगै २ नम्बर प्रदेशका आठै जिल्लामा विशेष सतर्कता अपनाइएको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनअन्तर्गत शुक्रबार प्रवक्ता देवकोटाले भने, ‘त्यसका लागि प्रदेशका २ का आठै जिल्लाका विभिन्न २७ स्थानमा १५ सयभन्दा बढी थ्रोट स्वाब संकलन गर्ने लक्ष्यका साथ स्वास्थ्य सेवा विभाग, नेपाली सेनाका स्वास्थ्यकर्मी तथा प्रयोगशालाका प्राविधिकसहितको टोली (शुक्रबार) परिचालन भएको छ ।’

संकलित स्वाबमा कोरोना भाइरस छ कि छैन भनेर पीसीआर परीक्षण गरिने उनले बताए । देशका अन्य प्रदेशरजिल्लामा ¥यापिड डायग्नस्टिक टेस्ट (आरडीटी) किटबाट शंकास्पद बिरामीको रगत जाँच्ने अभियान सञ्चलान गरिरहेको सरकारले प्रदेश २ मा भने सुरुमै पीसीआर अर्थात् मानिसको शरीरमा भाइरस छ कि छैन भनेर निश्चित गर्ने परीक्षण गर्न लागेको हो ।

यस्तै २८ संक्रमित फेला परेका उदयपुरको भुल्के क्षेत्रका चादन्डीगढी र त्रियुगा नगरपालिकाबाट ७८ जनाको स्वाब संकलन गरी प्रयोगशालामा पठाइएको उनले जानकारी दिए । भुल्के क्षेत्रको मस्जिदमा भेटिएका संक्रमितसँग सम्पर्क गरेका परिवारबाट स्वाब संकलन गरिएको प्रवक्ता देवकोटाले बताए । ‘त्यस क्षेत्रमा थप स्वाब संकलन गर्ने क्रम जारी छ,’ उनले भने ।

प्रकाशित : शनिबार, बैशाख १३, २०७७०३:३०

ट्रम्पको आदेशले नेपाली प्रभावित !