समाजसेवीको उदाहरण बनिन् गीता कार्की: आफ्नै खर्चमा गरिन् ५०० भन्दा बढीको उद्धार !

काठमाडौं । विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट नेपाल पनि अछुत छैन । कोरोना फैलिन नदिन सरकारले देशव्यापी लकडाउन गरेको छ । जसको प्रत्यक्ष मारमा परेका छन्, निम्न वर्गीय मजदूर । लकडाउनको एक महिला पुगिसक्दा गीता कार्कीलाई एउटा फोन आयो, ‘खानेकुरा सकियो दिदी, अब के गर्ने होला ?’ दुई चारवटा फोन आए समस्या एउटै । समस्यामा परेकाहरु नागार्जुन नगरपालिका वडा नम्बर २ मा बस्थे । संयोगवस कार्की पनि सोही वडामा बस्छिन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

मजदूर र विद्यार्थीको समस्याले उनमा छटपटी चल्यो । वडा कार्यालय गइन । खानैको समस्या पर्यो भन्दा वडाले जवाफ दियो, ‘१५ गतेलाई नाम लेखाउनु ।’ उनी डा कार्यालय गएकी थिइन् । सोचिन् एक हप्तासम्म के खाएर बाँच्ने ? उनले घरमा भएको चामल, दाल, तेल, नुन दिएर उनीहरूको भोक मेटाइन् ।

उनले सोचिन् समस्यामा परेकालाई जन्मथलो पुर्याउन सके सबैभन्दा ठूलो सेवा हुने थियो । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखिन्, ‘अतिआवश्यक परि रामेछाप जाने भए सम्पर्क गर्नुहोला ।’ जोखिम मोलेरै समस्यामा परेकालाई जन्मथलो पुर्याउने काममा सहजिकरण गरेको कार्की बताउँछिन् । समाजसेवाको यात्रामा लाग्दा प्रशासनले अनेक दुःख पनि दियो । तर, उनको यात्रा रोकिएन् । ‘मजदूर र विद्यार्थीको दुःख देख्न नसकेर व्यक्तिगत रिक्स मोलेको हुँ,’ उनले भनिन् ।

कार्कीकै पहलमा गोकुलगंगा गाउँपालिका र मन्थली नगरपालिकाका करिव पाँच सय जना जन्मथलो पुगेका छन् । जन्मथाले जानेको जिल्ला सदरमुकाम मन्थलीमा अनिवार्य स्वास्थ्य जाँच गरेर पठाएको छ । अति विपन्नको भाडा पनि उनले व्यहोरेकी छन् । समस्यामा परेको बेला घरसम्म जाने व्यवस्था गरिदिएकोमा मजदूर र विद्यार्थी उनीप्रति आभारी छन् ।

प्रकाशित : आइतबार, बैशाख १४, २०७७०२:११

विद्यालयको पठनपाठन केही महिना धकेलिने सङ्केत, भदौ लागेपनि शैक्षिक सत्र भने परिवर्तन नहुने !