ललितपुर – लायन्स मल्टिपल डिष्ट्रिक्ट ३२५, नेपालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आज रु ५७ लाख ४९ हजार २०० मूल्य बराबरको स्वास्थ्य समाग्री सहयोग गरेको छ । कोभिड–१९ रोकथामका लागि क्लबले मन्त्रालयलाई पिपिई, केएन ९५ मास्कलगायत सामग्री दिएको हो ।
क्लब मल्टिपल काउन्सिलका अध्यक्ष लायन्स सुनिल ओझाले मन्त्री भानुभक्त ढकाललाई पिपिई दुई हजार थान, सर्जिकल पञ्जा पाँच हजार जोर, केएन ९५ मास्क पाँच हजार थान र एक्जामिनेसन्स ग्लोब्स २० हजार थान हस्तान्तरण गरे।
उक्त क्लबअन्तर्गत नेपालमा करीब एक हजार ३०० क्लब शाखा र ३३ हजार लायन्स सदस्य छन् । क्लबले मुलुक बन्दाबन्दी भइरहेका अवस्थामा समाजका अशक्त, श्रमिक र गरीब जनतालाई खाद्य पदार्थ सहयोग पनि गरिरहेको छ ।