आफू फेरी पनि मन्त्री बन्ने बाँस्कोटाको दावी: “जनताले माया गरेका छन्, पुनः मन्त्री बन्छु”

काठमाडौँ – पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफू पुनः मन्त्री बन्ने कुरा असम्भव नभएको बताएका छन्। प्राईम टाईम्स टेलिभिजनका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बाँस्कोटाले आफू पुनः मन्त्री बन्ने कुरालाई असम्भव देख्न नहुने बताएका हुन्।

गत निर्वाचनमा देशभरिकै सबै भन्दा धेरै मत ल्याएर जितेको हुँदा आफू पुनः मन्त्री बन्ने सम्भावना नसकिएको उनले दावी गरे। पार्टीका आफ्नो पनि योगदान उत्तिकै रहेको र जनताले ठूलो मत दिएर पठाएकाले पुनः मन्त्री बन्ने कुरालाई असम्भव भन्न नहुने तर्क गरे।

“म पुनः मन्त्री बन्न असम्भव छैन। पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ट नेता प्रधानमन्त्री बन्ने कुरा असम्भव छ र ? म पनि मन्त्री बन्ने कुरा असम्भव छैन।”,अन्तर्वार्तामा उनले भनेका छन्,”पार्टीमा मैले पनि योगदान गरेको छु। जनताले माया गरेर देशभरिको दोस्रो धेरै भोट दिएका छन्। जनताको विश्वासलाई कतै डग्न दिन्न।”

यस्तै मिडियामा आएका कुराले केहि फरक नपर्ने पनि उनले दावी गरेका छन्। आफू माथि लागेका आरोप अदालतबाट पुष्टि भए कारवाही भोग्न तयार भएको भन्दै उनले मिडियामा अनावश्यक हल्ला हुनु नौलो कुरा नभएको बताए। आफूले गलत नगरेको हुँदा कतै गएर हार-दुहार गर्नुपर्ने अवस्था नरहेको उनले स्पष्ट पारे।

“म कसैसँग दया माग्दिन। मलाई प्रधानमन्त्रीको सम्रक्षण छैन र चाहिँदैन पनि। मलाई जनता र न्यायलयको सम्रक्षण चाहिन्छ मलाई सत्यको सम्रक्षण चाहिन्छ।”,अन्तर्वार्ता दिँदै उनले भनेका छन्,”म कतै गएर हारगुहार गर्ने छैन। तथ्य र सत्यका आधारमा म अगाडी बढ्छु।”

बाँस्कोटाले भने – “ओली सिंह हुन्, स्याल होइनन्, केपी ओलीकै कारण नेकपाले जनमत पाएको हो”

पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गत निर्वाचनमा जनताले केपी ओलीका कारण नेकपाले बहुमत ल्याएको दावी गरेका छन्। प्राईम टाईम्स टेलिभिजनका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बाँस्कोटाले ०७४ सालमा भएको चुनावमा केपी शर्मा ओलीको अपिलमा नेकपाले ठूलो जनमत पाएको दावी गरे।

“म तपाईले भनेको कुरा अस्विकार गर्छु । यो सबैले बुझ्नुपर्छ २०७४ सालमा भएको चुनाव, त्यो चुनावको जनादेश अरुको नाममा आएको थिएन् । त्यो केपी शर्मा ओलीको अपिलमा आएको थियो । यो चाहीँ हो कि त्यतिवेला तत्कालिन् नेकपा एमालेको सुदृढ संगठन, सुस्पष्ट दृष्टिकोण, सबै आन्दोलनमा पुर्याएको योगदान र विकास निर्माण सामाजिक रुपान्तरणको सन्दर्भमा खेलेका योगदानहरुको पनि र स्वभाविक रुपमा त्यसलाई नेतृत्व दिने काम उहाँले गर्नुभएको थियो ।”,बाँस्कोटाले दावी गर्दै अन्तर्वार्तामा भनेका छन्।

केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डकै बोल्ड निर्णयका कारण पार्टी एकीकरण भएको हुँदा ओली र प्रचण्ड बीच समझदारीका आधारमा पार्टी अगाडी बढ्ने पनि उनले स्पष्ट पारे। विरोधकै लागि विरोध गर्नेहरुको आलोचनाले सरकारलाई केहि पनि फरक नपर्ने उनको तर्क छ।

सरकारले केहि दिन अगाडी ल्याएर खारेज भइसकेका नेपालको संविधानबमोजिम ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) र राजनीतिक दलसम्बन्धी(दोस्रो संशोधन) अध्यादेश, २०७७ अध्यादेशहरु नियमित प्रक्रियामा पर्ने भन्दा त्यस बारे अनावश्यक टिकाटिप्पणी गर्न नहुने उनले बुझाई छ। राजनीतिक हिसाबले अध्यादेश आउनुलाई गलत भन्न नमिल्ने उनले स्पष्ट पारे।

अध्यादेश कुनै पनि पार्टी फुटाउनको नल्याइएको बाँस्कोटाको दावी छ। नेकपालाई कुनै पनि पार्टी फुटाएर राजनीति गर्नुपर्ने अवस्था नरहेको उनले बताए। बाँस्कोटाका अनुसार सरकार गठन भएपछि धेरै काम भइसकेको भएपनि आलोचना गर्नकै लागि आलोचना गरिएको छ। “छेउ देखि घचेड्ने, भित्तो देखे अचेटने” तरिकाले सरकार विरुद्ध सबै लागि परेको हुँदा उनले असन्तुष्टि व्यक्त गरेका छन्।

यस्तै बाँस्कोटाले ओली विरुद्ध मोर्चावन्दी हुँदैमा केहि फारम नपर्ने पनि बताएका छन्। “मोर्चावन्दी सिंहलाई हुन्छ स्याललाई हुँदैन। तर,मोर्चावन्दी विचलन तर्फ जाँदैन र जान्छ जस्तो मलाई लाग्दैन”,ओली विरुद्ध मोर्चावन्दी हुँदैमा फरक नपर्ने बताउँदै उनले भनेका छन्। केपी ओली कमजोर न भएर झन बलियो, सुदृढ र बलशाली भएको उनको दावी छ। ओलीसँगै नेकपा पनि बलियो बनेको उनले स्पष्ट परे।

प्रकाशित : सोमबार, बैशाख १५, २०७७१०:३१

बेइजिङका र सांघाइका विद्यालय खुले: लामो समयपछि विद्यालय जान पाउँदा खुशीको सीमा रहेन !