मे महिना कुन राशिलाई कति शुभ ? हेर्नुहोस् राशि अनुसार मासिक राशिफल !

ज्योतिष शास्त्रमा ग्रहहरुको राशि परिवर्तनले विशेष महत्व राख्छ। ग्रहहरुले समय-समयमा गरिरहने राशि परिवर्तनले हरेक राशिको भाग्यमा असर गर्छन्।

चन्द्रमाले प्रत्येक सवा दुई दिनमा आफ्नो राशि परिवर्तन गर्छ, सूर्यले एक महिना लिन्छ, जबकि शनिले आफ्नो राशि परिवर्तन डेढ बर्षमा गर्छ। यसरी हरेक ग्रहले राशि परिवर्तन गर्ने समय अलग-अलग हुन्छ।

मे महिनामा विभिन्न ग्रहहरुले राशि परिवर्तन गर्दैछन्। ज्योतिषीहरुका अनुसार मे महिनामा सूर्य, मंगल र बुध चार मूख्य ग्रहले राशि परिवर्तन गर्दैछन्। यी ग्रहको राशि परिवर्तनले हरेक राशिमा असर गर्ने ज्योतिषीहरु बताउँछन्।

मे महिनामा कुन राशिलाई कस्तो फल मिल्ला ? हेर्नुहोस् –

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

मे महिनामा हुने ग्रहहरुको राशि परिवर्तनले मेष राशि हुनेहरुलाई दुख दिन सक्छ। स्वास्थ्यमा समस्या आउन सक्ला भने आर्थिक रुपमा पनि महिना सुखद हुने देखिँदैन। यात्रा पनि असफल हुने सम्भावना देखिन्छ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मे महिना वृष राशि हुनेहरुको लागि शुभ रहने देखिन्छ। महिनाभर हुने राशि परिवर्तनले वृष राशि हुनेहरुलाई विभिन्न प्रकारका लाभ दिलाउन सक्छन्। आर्थिक पक्ष सवल हुँदा जानेछ भने विभिन्न समस्या देखि छुटकारा मिल्न सक्ला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

मे महिना मिथुन राशि हुनेहरुका लागि मिश्रित रहने देखिन्छ। केहि ग्रहको राशि परिवर्तनले मिथुन राशिलाई लाभ पुर्याउने भएपनि केहि ग्रहको राशि परिवर्तनले हानि पुर्याउन सक्ला। आर्थी रुपमा महिना सुखद रहने भएपनि परिवारमा कलह बढ्न सक्ने देखिन्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

मे महिना कर्कट राशि हुनेहरुको लागि सामान्य रहने देखिन्छ। जीवनमा खासै उथल-पुथल हुने सम्भावना छैन। यात्राको अवसर जुर्न सक्ला। स्वास्थ्यमा सुधार हुँदा उर्जा बढ्न सक्ला। पदोन्नतीको पनि योग देखिन्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

मे महिनामा हुने विभिन्न राशि परिवर्तन सिंह राशि अनुकुल हुने देखिन्छ। सामाजिक रुपमा दायित्व तथा प्रतिष्ठा वृद्धि गराउन सूर्यको राशि परिवर्तन फलदायी हुने देखिन्छ। कानूनी रुपमा पनि सफलता हात लाग्ने महिना छ। कलाको क्षेत्रमा रहनेहरुलाई सहज सफलता हात लाग्न सक्ला।

कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)

मे महिना कन्या राशि हुनेहरुको लागि अन्य महिना भन्दा फरक रहने देखिन्छ। लामो समय देखि अड्किएका कार्य सुचारु हुने योग छ। पहिला गरिएका लगानीले उचित लाभ दिनेछन् भने प्रेम जीवनमा पनि सफलता मिल्न सक्ला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तुला राशि हुनेहरुको लागि मे महिना खासै फलदायी रहने देखिँदैन। जीवनमा बाधा बढ्ने देखिन्छ। स्वास्थ्य बिग्रिंदा दैनिकीनै प्रभावित हुनेछन्। बिना कारण विवाद हुन् सक्ने हुँदा वाणीमा नियन्त्रण राख्नु वुद्धिमानी हुन सक्छ। सकेसम्म आर्थिक लगानी पनि नगरेकै राम्रो होला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )

मे महिना वृश्चिक राशि हुनेहरुका लागि मिश्रित रहने देखिन्छ। धन लाभ राम्रै मिलेपनि खर्चमा नियन्त्रण नहुँदा आर्थिक समस्याले सताउन सक्छ। परिवारमा तनाव बढ्न सक्ला। प्रेम जीवनको मामलामा भने महिना सुखद रहनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )

मे महिना भर धनु राशि हुनेहरु सतर्क रहनु होला। कुनै पनि निर्णय अगाडी परिवार तथा अग्रजहरुसंग परामर्श लिन आवश्यक रहनेछ। हतारमा गरिएका निर्णयले सम्बन्ध बिगार्न सक्लान् भने आर्थिक रुपमा पनि समस्या थप्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

मकर राशि हुनेहरुको लागि पनि मे महिना खासै शुभ रहने देखिंदैन। पैत्रिक सम्पत्तिलाई लिएर परिवारमा कलह बढ्न सक्ला। कानूनी रुपमा पनि हार हुने सम्भावना देखिन्छ। दुर्घटना बच्न सवारी-साधन देखि तद्है रहनु होला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

कुम्भ राशि हुनेहरुको लागि मे महिना सुख र दुख दुवै मिल्ने देखिन्छ। आर्थिक रुपमा समय सुखद रहेपनि खर्चले सताउने देखिन्छ। प्रेमिका तथा परिवारबाट भने साथ मिल्नेछ। नयाँ कार्य थालनीको लागि परिवारमा परामर्श गर्न आवश्यक देखिन्छ।

मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)

मीन राशि हुने हरुको लागि महिनाभर हुने राशि परिवर्तनले तनाब बढाउने देखिन्छ। योजना विफल हुँदा मानसिक रुपमा तनाव बढ्नेछ भने शाररिक रुपमा पनि उर्जाको कमी रहनेछ। सकेसम्म यात्रा नगरेकै राम्रो होला। झुठा लान्सना लाग्न सक्ने हुँदा सतर्क रहनु होला। शत्रु भने सहजै पराजित हुनेछन्।

प्रकाशित : सोमबार, बैशाख १५, २०७७१२:२७

यी रत्नहरुबाट प्राप्त हुन्छ ग्रहको शुभ प्रभाव, कुन रत्न कुन औलामा लगाउने?