यी रत्नहरुबाट प्राप्त हुन्छ ग्रहको शुभ प्रभाव, कुन रत्न कुन औलामा लगाउने?

सूर्य ग्रह:
सूर्यलाई शक्तिशाली बनाउनमा माणिक्यको परामर्श दिईने गरिन्छ । ३ रत्नको मणिकलाई स्वर्णको औठी, अनामिका औलामा आइतबारको दिन पुष्ययोगमा धारण गर्नु पर्दछ ।

चन्द्र ग्रह:
चन्द्रको लागी मोती धारण गर्नाले शक्तिशाली बनाउन सकिन्छ । जुन २, ४ या ६ रत्नको चादीको औठीमा शुक्ल-पक्ष सोमवार रोहिणी नक्षत्रमा धारण गर्नु पर्दछ ।

मंगल ग्रह:
मंगललाई शक्तिशाली बनाउनको लागी मूगालाई सूनको औठीमा ५ रत्नबाट मंगलवार अनुराधा नक्षत्रमा सूर्योदयबाट १ घण्टापछि धारण गर्नु पर्दछ ।

बुध ग्रह :
बुधको प्रधान रत्न पन्ना हुने गर्दछ, जुन अधिकांश रूपमा पाच रंगमा पाइने गरिन्छ ।  6 रत्न वजनको पन्ना कान्छी औलामा सूनको औठीमा बुधवारको दिन प्रात: काल उत्तरा फाल्गुनी नक्षत्रमा धारण गर्नु पर्दछ ।

गुरु ग्रह:
गुरु (बृहस्पति)को  लागी पुखराज ५, ६, ९ या ११ रत्नलाई सूनको औठीमा चोरी औलामा गुरु-पुष्य योगमा साँझको समयमा धारण गर्न परामर्श ग्रन्थमा उपलब्ध रहेको छ ।

शुक्र ग्रह:
शुक्र ग्रहलाई शक्तिशाली बनाउनको लागी हीरा (कम से कम 2 क्यारेटको) मृगशिरा नक्षत्रमा बीचको औलामा धारण गर्नु पर्दछ ।

शनि ग्रह:
शनि ग्रहको शान्तिको लागी नीलम ३, ६ , ७ या १० रत्नको मध्यम औलामा शनिबारको दिन श्रवण नक्षत्रमा पन्चधातुको औलामा धारण गर्नु पर्दछ ।

राहु ग्रह:
राहुको लागी ६ रत्नलाई गोमेद उत्तरा फाल्गुनी नक्षत्रमा बुधवार या शनिवार धारण गर्नु पर्दछ । यसलाई पन्च धातुमा तथा मध्यम औलामा धारण गर्नु पर्दछ ।

केतु ग्रह:
केतुको लागी ६ रत्नलाई लहसुनिया गुरु पुष्य योगमा बिहीवारको दिन सूर्योदयबाट पूर्व धारण गर्नु पर्दछ । यसलाई पनि भी पन्च धातुमा तथा मध्यमा औलामा धारण गर्नु पर्दछ ।

प्रकाशित : सोमबार, बैशाख १५, २०७७१३:२०

वास्तु विज्ञान: नुनको प्रयोग खानामा मात्र नभई यस्तो कार्यमा पनि गर्नुहोस प्रयोग, हुनेछ लाभ!