पैतालामा यस्तो चिन्ह हुनेहरु हुन्छन् धेरै भाग्यमानी ! कतै तपाईको पैतालामा त छैन ?

एजेन्सी – ज्योतिष शास्त्रले हातका हस्तरेखा हेरेर भविष्य हेर्न सकिने त सबैलाई नै थाहा होला तर अहिले समुन्द्र शास्त्रले हातका रेखा मात्र नभईकन शरीरका विभिन्न भागका बनोटको आधारमा र त्यहाँ भएका रेखाका अधारमा मानिसको स्वभाव र भाग्य बताउन सकिने दावी गरेका छन्। समुन्द्र शास्त्र अनुसार रेखा चाहे हातको होस या खुट्टाको स्वभाव र भाग्य दुबै हेर्न मिल्ने जनाएको छ । खुट्टामा कस्तो चिन्हले कस्तो प्रभाव पार्छ यस प्रकार रहेको छ।

१. यदि  खुट्टाको कान्छी औंलाको फेंदबाट माथितिर गएको रेखा छ भने त्यस्ता ब्यक्तिहरु भाग्यमानी, धनी, समाजमा प्रतिष्ठित हुनुको साथै भोगी र विलाशी पनि हुन्छन्।

२. यदि पैतालाको मध्य भागमा गोलो आकारको आकृति छ भने त्यस्ता व्यक्तिहरु धनी हुन्छन्। धन कमाउनकै लागि धेरै मिहिनेत गर्न नपर्ने शास्त्रले बताउछ।

३. यदि पैतालामा त्रिशुलको चिह्न भएमा त्यस्ता व्यक्तिहरु सरकारी जागिरमा उच्च पद प्राप्त गर्न सक्ने र निक्कै भाग्यशाली हुन्छन् ।

४. यदि पैतालाको बुढी औंलाको मुनि स्वस्तिक चिन्ह छ भने त्यस्ता व्यक्ति निकै महान हुने र विश्वले चिन्ने काम गर्ने खालका हुन्छन्।

५. यदि पैतालाको बीच भागमा अर्धचन्द्राकरको रेखा छ भने त्यस्ता व्यक्ति धनी भए पनि धनको मतलब नराख्ने खालका हुन्छन् ।

६. यदि पैतालामा अंग्रेजी अक्षर (T) आकारको रेखा छ भने त्यस्ता व्यक्तिहरुलाई व्यापारमा निकै लाभ लिन सक्ने हुन्छन् ।

प्रकाशित : सोमबार, बैशाख १५, २०७७१३:२८

आज वैशाख १७ गते बुधबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल !