ओली सरकार विरुद्ध लगातार खनिदै बाबुराम: भने -“ओलीतन्त्रको पखेटा पलाएछ, अब मासिन्छ”

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अन्त्य हुने समयमा कमिलाको पखेटा पलाएजस्तै ओलीतन्त्रको पनि पखेटा पलाएको बताएका छन्।

रेडियो नेपालबाट प्रत्यक्ष प्रसारित हुने कार्यक्रममा बोल्ने क्रममा भट्टराईले प्रधानमन्त्रीलाई ‘भष्मासुर’ भनेपछि अन्तर्वार्तानै हटाइएको विषयमा टिप्पणी गर्दै भट्टराईले सामाजिक संजाल मार्फत ओलीतन्त्रको पनि पखेटा पलाएको बताएका हुन्।

भट्टराईले प्रधानमन्त्री ओलीलाई ‘भष्मासुर’ भनेपछि रेडियो नेपालले सोमबार प्रेस विज्ञप्ति नै निकालेको थियो । भट्टराईले प्रधानमन्त्री ओली विरुद्ध प्रयोग गरेको शब्दले आफुहरुलाई दुखित बनाएको भन्दै रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले क्षमायाचना गरिएको प्रति भट्टराईले सामाजिक स्नाजल मार्फत आलोचना गरेका छन्। यस्तो हर्कतले आफूलाई पंचायतकालको अन्तिम दिन सम्झाएको भट्टराईको भनाई छ।

“मासिने बेलामा कमिलाको पखेटा लाग्छ रे! रेडियो नेपालले मेरो अन्तर्वार्ता लिए वापत ओलीतन्त्रले उसलाई क्षमायाचना गर्न र “अब उप्रान्त अतिथिहरू चयन गर्दा सचेत रहने” भन्ने वाचा गर्न लगाएछ! पंचायतकालको अन्तिम दिन सम्झाउने यो हर्कत ओलीतन्त्रमा पलाएको पखेटा नै हो त?”,भट्टराईले ट्वीट गर्दै भनेका छन्।

प्रकाशित : मङ्गलबार, बैशाख १६, २०७७०३:१४

राष्ट्रपतिको आलोचना गर्दा पाँच वर्ष जेल, केन्द्रीय कारागार सुन्धारामा सजाय काट्दै !