बच्चाको झै–झगडालाई लिएर कु-टा-कुट, एक महिलाको मृत्यु !

सर्लाही – बच्चाको झै–झगडालाई लिएर कु-टाकु-ट हुँदा सर्लाहीमा एक महिलाको मृ-त्यु भएको छ ।

सर्लाहीको हरिपुर्वा–८ वसन्तपुरमा कु-टाकु-ट हुँदा ३५ वर्षीया सैदुन खातुनको मृ-त्यु भएको हो । सोही ठाँउ बस्ने खोधदी अन्सरीसहित उनको परिवारले खातुनलाई कुटपिट गर्दा मृ-त्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते खातुनको उपचारका लागि जानकी अस्पताल जनकपुरमा लैजाँदै गर्दा ज्यान गएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।

कुटपिटमा संलग्नमध्ये पाँच जनालाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए। मृ-तक खातुनको श-व अहिले प्रादेशिक अस्पताल जनकपुर श-वगृहमा राखिएको छ ।

धान मिलमा आगलागी हुँदा १५ लाख क्षति

झापाको झापा गाउँपालिका–३ स्थित सिमलबारीमा एक धान मिलमा आगलागी हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको छ ।

झापा–३ का प्रसाद राजवंशीले सञ्चालन गरेको धान मिलमा सोमबार दिउँसो आगलागी हुँदा रु १४ लाख ७८ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार चट्याङ परी विद्युत्को तार सर्ट भइ अचानक राजवंशीको धान मिलमा आगलागी हुँदा राजवंशीको मिल तथा छिमेकी प्रल्हाद मण्डलको दुई कच्ची घरसमेत जलेर नष्ट भएको छ । आगलागी प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

ब्राउनसुगरसहित एक जना पक्राउ

झापाको मेचीनगर नगरपालिका–६ मेची पुलबाट ५० ग्राम नियन्त्रित लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरिएको छ । गए राति करिब निर्माणाधीन मेची पुलमुनि खाल्डो खनेर लुकाउँदै गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ का ५८ वर्षीय बच्चु चौधरीलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका चौधरीको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मङ्गलबार, बैशाख १६, २०७७०७:१६

बिदामा नेपाल आएकालाई कोरिया फर्काइदै, पर्सि पहिलो फ्लाइट !