जाहेरी दिन सरकारी वकिलको कार्यालय पुगे सुरेन्द्र यादव सहितका नेता !

काठमाडौँ – महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता हुन नसकेपछि जनता समाजवादी पार्टीका नेताहरु काठमाडौंको जिल्ला सरकारी वकिलको कार्यालय पुगेका छन् ।

सांसद डा सुरेन्द्र यादवलाई अ-पह-रण गरेको आरोपमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ) तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु मंगलबार काठमाडौंको जिल्ला सरकारी वकिलको कार्यालय पुगेका हुन्।

जाहेरी दर्ताको लागि पूर्वराज्यमन्त्री समेत रहेका डा. सुरेन्द्र यादवसँगै राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ लगायतका नेता पनि काठमाडौंको जिल्ला सरकारी वकिलको कार्यालय पुगेका छन्।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई सांसद र पूर्वप्रहरी महानिरीक्षक विरुद्ध प्रहरीमा उजुरी दिने सांसद सुरेन्द्र यादवको योजना आइतबार असफल भएको थियो।

राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादीका विभिन्न नेताहरु सहित महानगरीय प्रहरी परिसर टेकु पुगेपनि उनको उजुरी दर्ता हुन सकेको थिएन।

घटना महोत्तरीमा भएकाले उतै जाहेरी दिनुपर्ने प्रहरीको हठ पछि उजुरी दर्ता नै नगरी जनता समाजवादीका नेताहरु फर्किन बाध्य भएका थिए।

प्रकाशित : मङ्गलबार, बैशाख १६, २०७७०८:५७

नेपाली नायिका रिस्ताको भारतीय चर्चित टिकटक स्टारसंग रोमान्स [भिडियो सहित]!