विज्ञ भन्छन् – “कोरोनाको सुनामी आउन बाँकि छ, १५ लाख देखि ३० लाख सम्मको मृत्यु हुन सक्छ”

एजेन्सी – कोरोना भाइरस विरुद्धको भ्याक्सिन समयमै तयार नभए विश्व कोरोना मुक्त हुन ५ देखि १० वर्ष सम्म लाग्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। भ्याक्सिन तयार गरेर विश्वका हरेक ठाउँमा नपुर्याएको खण्डमा विश्व कोरोना मुक्त हुन दशकनै लाग्न सक्ने विज्ञहरुको चिन्ता छ।

बेलायती सार्वजनिक नीति विश्लेषक डेभिड राइट मिलिबन्डका अनुसार अन्तर्राष्ट्रिय समुदायले सबैभन्दा कमजोर समुदायलाई कोरोना भाइरस विरुद्धको भ्याक्सिन उपलब्ध नगराए कोरोना वर्षौं सम्म रहन सक्छ।

कोरोना भाइरस उन्मुलनका चुतौती धेरै रहेको र यो मौसमी फ्लू जस्तै हरेक वर्ष फैलिन सक्ने वैज्ञानिकहरुले दावी गरिरहेका बेला मिलिबन्डले यस्तो चिन्ता व्यक्त गरेका हुन्।

सांकेतिक तस्विर

चिनियाँ भाइरल र चिकित्सा अनुसन्धानकर्ताहरूले सार्स जस्तो यो भाइरस हराउने सम्भावना नरहेको बताएका छन्। उनीहरुका अनुसार कोरोना सजिलै हराउने सम्भावना देखिँदैन। कुनै लक्षण नदेखाई एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न थालेको कोरोनाले मानव सभ्यतालाई यस धेरै दुख दिने अनुसन्धानकर्ताहरू बताउँछन्। अनुसन्धानकर्ताहरूका अनुसार पछिल्लो समय लक्षण नदेखिएका संक्रमित बढ्न थालेको कारण चिन्ता बढाएको छ।

कोरोना भाइरसको “सुनामी” आउन बाँकि नै रहेको विश्लेषक डेभिड राइट मिलिबन्ड बताउँछन्। समयमै नियन्त्रण नीति नबनाएका देशहरुमा कोरोना भाइरसको “सुनामी” निकट भविष्यमा आउन सक्नेमा उनको चिन्ता छ।

अन्तर्राष्ट्रिय उद्धार समितिका मुख्य कार्यकारी अधिकारी समेत रहेका मिलिबन्डका अनुसार विश्वभर संक्रमितको संख्या ५० करोड देखि १ अरब सम्म पुग्न सक्ने र १५ लाख देखि ३० लाख सम्मको ज्यान जान सक्ने खतरा देखिन्छ। इम्पीरियल कलेज लन्डन र विश्व स्वास्थ्य संगठनको मोडेलिंगमा आधारित आईआरसी अनुसन्धानले यस्तो देखाएको उनको भनाई छ।

प्रकाशित : बुधबार, बैशाख १७, २०७७०४:१९

जडिबुटीको सम्मिश्रणमा नेपालमै कोरोनाको औषधी बनेको दावी, परीक्षण गर्न बाँकि !