काठमाडौ । हाम्रो समाजमा विवाह पछि सन्तान उत्पादन नगर्नु एक नकरात्मक कुरा हो । किनभने हाम्रो जस्तो समाजमा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने काम भनेको नै बच्चा जन्माउनु हो । यदि यो विश्वमा प्राकृतिक रुपमै यो चक्रको सुरुवात नभएको भए सायद आज यो पृथ्वी शून्य हुन्थ्यो ।
त्यसैले यो सबै संसारमा रहेका हरेक प्राणीको प्राकृतिक प्रकृया नै भएकाले आवश्यक छ । तर सन्तान किन जन्माउने त ?नजन्माए पनि हुन्न् ? किन आवश्यक छ त? हेरौ यो रोचक तथ्यहरु ,
-पहिलो कुरा भनेको महिलाहरुलाई सबैभन्दा खुसीको पल भनेको आमा बन्नु नै हो र पुरुषलाई बाबु बन्नु हो । त्यसैले सम्पूर्ण परिवारको खुसीका लागी यो आवश्यक छ । त्यसैले परिवारले आफ्नो सबै कुरा विर्सेर आफ्नो सन्तानको पलपलमा हेरचाह गरिरहेका हुन्छन् ।
-दोस्रो कुरा भनेको तपाईको वषौ देखिको तनावलाई कम गर्ने कुरा पनि आफ्नो सन्तान हो । किनभने बुढेसकालको सहारा बन्नुका साथै जिन्दगीमा आइपरेको समस्याको समाधान र तनाव हटाउने माध्यम सन्तान हो ।
-त्यसैगरी तेस्रो कुरा ,भगवान जस्तै निश्चल र सुन्दर आफ्नो सन्तान हुने भएकाले सन्तान भनेको बाबुआमाको लागी भगवानको नै रुप हुन् ।
-चौथो कुरा भनेको यदि परिवारमा वा बाबुआमाको सम्बन्धमा केही नराम्रो आयो भने पनि यस्तो सम्बन्धलाई एक सूत्रमा बाध्ने काम भनेको सन्तान नै हुन् । किनभने बच्चा बाबुआमाको मायाको चिनो हो । यो सम्बन्ध गर्भ अवस्था देखि वृद्ध अवस्थासम्म आवश्यकता पर्दछ ।
-त्यस्तै तपाईको आफ्नो बाल्य आवस्थाको स्मरण गराउनको लागी पनि बच्चा जन्माउनु आवश्यक छ । किनभने तपाई आफ्नो बच्चा भएपछि बच्चा जस्तै खेल्न थाल्नुहुन्छ ,र आफू बच्चा भएको महसुस गर्नुहुन्छ ।
-त्यस्तै छैटौ कुरा भनेको यो जिन्दगीमा खुलेर जिउन सिकाउछ । किनभने बालबच्चाको सानो चक्लेट दिदाको खुसी देखि आफू पनि खुसी भइन्छ । र तपाईको पुरै जिन्दगी खुलाउछ ।
-र अन्तिम कुरा भनेको तपाईको अपूर्ण परिवारलाई पूर्ण बनाउने काम गर्छ । किनभने यदि तपाई मनमा एक्लोपन , थकान , तनाव र विभिन्न किसिमका समस्याहरु छन् भने एक सहयोगी भूमिकाको रुपमा मनमा शान्ति दिन्छ ।