किन तुच्छ हुँदैछन् बाबुराम ? कसलाई भनेका हुन् “टपरे बाहुन” ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पछिल्लो समय केपी ओली सरकार विरुद्ध कठोर बन्दै गएका छन्। पछिल्ला केहि हप्ता देखि उनी सरकार विरुद्ध सामाजिक संजाल र मिडियामा लगातार कडा रुपमा प्रस्तुत हुँदै आएका छन्।

सरकार विरुद्ध उनले प्रयोग गर्ने शब्द र पदावली क्रमिक रुपमा तुच्छ पनि बन्दै गएका छन्। उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई “भष्मासुर” भन्न पनि पछि परेका छैनन्।

यसै बीच भट्टराईले नागरिक समाजका केहि अगुवाहरुले अध्यादेशलाई विवादको विषय बनाएर प्रधानमन्त्रीको राजीनामा माग्ने कार्यलाई अप्रासंगिक विषय भनेको विषयमा कडा टिप्पणी गरेका छन्।

भट्टराईले कोरोना सङ्कटका समयमा प्रधानमन्त्रीको राजिनामा नमाग्न आग्रह गर्ने नागरिक समाजका केहि अगुवाहरुलाई “टपरे बाहुन” भनेका छन्। भट्टराईले सामाजिक संजाल ट्वीटर मार्फत शासकको दीर्घायूनिम्ति स्वस्तिवाचन गर्ने र दक्षिणा ग्रहणगर्नेलाई विद्वत्भाषामा पुरोहित र ग्राम्यभाषामा टपरे बाहुन भनिन्छ भन्दै उनले नागरिक अगुवाहरु माथि प्रहार गरेका छन्।

“शासकको दीर्घायूनिम्ति स्वस्तिवाचन गर्ने र दक्षिणा ग्रहणगर्नेलाई विद्वत्भाषामा पुरोहित र ग्राम्यभाषामा टपरे बाहुन भनिन्छ!तर कतैपनि र कहिल्यै पनि नागरिक अगुवा भनिन्न।नागरिक अगुवाले सधैं शासकलाई खबरदारी गर्छ चाकरी हैन!पवित्र नागरिक अगुवा पदावलीलाई नागरिक ह..वामा भ्रष्टीकरण नगरियोस्!”,भट्टराईको ट्वीट छ।

 

प्रकाशित : बिहिबार, बैशाख १८, २०७७०५:००

साँझापख अझ केहि दिन पानी पर्ने !