जसले प्रचण्डलाई २० हजार मानव कंकाल निल्ने “नयाँ नेपाल” का ऐयासी शासक भने…

काठमाडौँ – रेडियो नेपालको बोर्ड सदस्य रहेका पत्रकार दिपक पाठक बिहिबार पक्राउ परेका छन्। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामाजिक सञ्जाल मार्फत जथाभावी गा-ली गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

पाठक वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली निकटका पत्रकार मानिन्छन्। ओलीलाई पहलमा उनी रेडियो नेपालको बोर्ड सदस्य हुन सफल भएका थिए। पाठकलाई ओलीले प्रेस काउन्सिलको सदस्य बनाउन समेत प्रयास गरेका थिए। तर, उक्त प्रयास असफल भएपछि पाठकलाई रेडियो नेपालको बोर्ड सदस्य बनाइएको थियो।

पाठक पहिला देखि नै विवादित व्यक्ति हुन्। पत्रकारको भेषमा भीआइपीहरुलाई ब्ल्या-कमेलिङ गरेको देखि विभिन्न ठगी प्रकरणमा समेत उनको नाम मुछिसकेको छ। विवादित व्यक्त भएपनि ओलीले ठाडो निर्देशन दिएर पाठकलाई रेडियो नेपालको बोर्ड सदस्य बनाएका थिए।

प्रचण्ड विरुद्ध लगातार प्र-हार

पाठकको निजि फेसबुक प्रोफाइल चेक गर्दा उनी केहि समय देखि प्रचण्डको आलोचनामा उत्रिएको देखिन्छ। उनले फेसबुक मार्फत प्रचण्डलाई नेपालको अ-पराध दुनियाँका देवता भनेका थिए। समाजमा अहिले देखिएको अ-पराधीकरणलाई पाठकले प्रचण्डकै देन हो भनेको पनि फेसबुकमा देख्न सकिन्छ। पैसाका लागि शैक्षिक, औद्योगिक, व्यापारिक प्रतिष्ठानहरुलाई अ-पराधी र गु-ण्डाहरुको थलोको रुपमा परिणत गर्ने श्रेय पनि प्रचण्डलाई जाने पाठकको बुझाई छ। पाठकले प्रचण्डलाई पेटपाला विद्वानहरुका “राजनेता” समेत भन्न भ्याएका थिए।

यस्तै अर्को फेसबुक पोस्टमा उनले प्रचण्डलाई “नयाँ नेपाल” का ऐयासी शासक भनेका थिए। प्रचण्डको विश्वासघातलाई दुनियाँको कुनै पनि घटनासँग तुलना गर्न नसकिने दावी गर्दै लेखिएको स्ट्याटसमा पाठकले मुक्तिका लागि भन्दै प्रचण्डले २० हजार मानव कं-काल निलेको आरोप लगाएका थिए।

थप अर्को एक स्ट्याटसमा पाठकले क्रान्तिका नाममा जनताको -रगत र शान्तिको नाममा आफ्नो आत्मा बेचेर धन जोड र राजनीतिलाई ठगीको विद्यामा अनुवाद गरेर महान् बन भन्ने विचार नै प्रचण्डपथ रहेको बताएका थिए।

प्रकाशित : बिहिबार, बैशाख १८, २०७७०७:२७

भारतीय तरकारीबाट कोरोनाको जोखिम बढ्यो भन्दै भारतीय तरकारी बिक्री वितरणमा रोक !