“१४ वर्षले धेरै पाठ सिकायो, अब प्रत्यक्ष निर्वाचित कार्यकारी र राजसंस्था बारे बहस गरौं”

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले निर्वाचित प्रधानमन्त्री,राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गर्ने समय आएको बताएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत अध्यक्ष थापाले १४ वर्षको अभ्यासबाट पाठ सिकेर प्रधानमन्त्री,राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गर्नुपर्ने बताएका हुन्।

देशमा विद्यमान श्रृङ्खलाबद्ध विकृतीको मुल कारक कथित आमूल परिवर्तनको नाममा हठात लादिएको जवाफदेहिताविहीन, अभिभावकविहीन र धरातलीय यथार्थविपरीतको व्यवस्था रहेको थापाको बुझाई छ।

“तितोलाग्न सक्छ,तर देशमा विद्यमान श्रृखंलावद्ध विकृतिको मुलकारक ‘कथित’आमुल परिवर्तनको नाममा हठात लादिएको जवाफदेहिता विहिन,अभिवावक विहिन र धरातलिय यथार्थ विपरितको व्यवस्था/प्रणाली हो”,थापाले ट्वीटरमा लेखेका छन्।

पुरानो व्यवस्थामा फर्कन सम्भव नभएपनि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरी राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्ने थापाको ठम्मयाइ छ।

“१४ बर्षको अभ्यासबाट पाठ सिकेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौं।राष्ट्रिय सहमति कायम गरि अघि बढौं”,थापाले ट्वीटरमा भनेका छन्।

प्रकाशित : बिहिबार, बैशाख १८, २०७७०९:०९

सिलिन्डर पड्किँदा तीन घाइते, सिभिल अस्पताल मीनभवानमा उपचार हुँदै !