कोइलाबाट यसरी घरमै बनाउनुहोस् फेसियल मास्क, चम्काउनुस् अनुहार ! [तरिका सहित]

प्रदुषण बढेसंगै हरेकको शरीर साथै अनुहारमा विभिन्न प्रकारका बिकारहरु देखा पर्ने गर्छन्। सुन्दर मुहारको लागि धेरै स्याहार गर्नु पर्ने हुन्छ। हरेक महिना फेसियल साथै सहि स्याहारसँगै मात्र शुन्दर मुहार रहने गर्छ। समयको कमिको कारण अनुहारको सहि ध्यान नपुग्नाले अनुहारमा विभिन्न धेरै बिकर देखा पर्ने गर्छन्। प्राय महिलाहरु एउटी प्रकारको क्रिम हरु प्रयोग गर्न रुचाउछन्।

यदि तपाई पनि समयको अभावमा अनुहारको सहि हेरचाह गर्न सक्नु भएको छैन भने आज हामी तपाईलाई एउटा उपाय सिकाउने छौं जसले तपाईको अनुहारको सम्पूर्ण बिकार हटाउन मद्दत गर्नेछ।यस मास्क बनाउने तरिकाको लागि कोइला चाहिने हुन्छ। कोइलामा हुने कार्बन तत्वले तपाईको अनुहारमा हुने तेल अनि ब्याक्टेरिया हटाउन सहयोग गर्ने हुन्छ। कोइला प्रयोग गरेर मुहार चम्किलो बनाउने तरिकाहरु निम्न

प्रकारका छन्:

१ सुरुमा तपाईले पहिला जेलाटिनको धुलो एक चम्चा साथै एक-एक चम्चा दुध साथै कोइलाको धुलो चाहिने हुन्छ।

२ यस मास्क बनाउनको लागि तपाईले प्लास्टिकको बट्टा प्रयोग गर्नु होला।

३पहिला जेलाटिनको धुलोलाई तातो पानीमा घोल्नुहोस,त्यस पछी दुध र कोइलाको घोलनलाई पूर्णरुपले मिसाउनु होला।

४तयार भएको पेस्टलाई आफ्नो अनुहारमा पुरै बाक्लो हुने गरि लगाउनु होस्। तर आँखा भने जोगाउनु होला।

५ करिब २५-३० मिनेट पछी यसलाई मन तातो पानीले पखाल्नु होस्।
यस तरिका तपाईले हरेक हप्ता प्रयोग गर्न सक्नु हुन्छ। हरेक हप्ता प्रयोग गर्नु भएमा तपाईको अनुहारको चील्लोपन जानुका साथै निखारता आउने गर्छ।

प्रकाशित : बिहिबार, बैशाख १८, २०७७१३:११

यस्ता कारणले गर्दा कम्जोर हुन्छ स्मरण शक्ति !