एजेन्सी । जब सम्म मानिस तनावमुक्त हुन सक्दैन तब सम्म उसको स्मरणशक्तिमा ह्रास आउने क्रम जारि रहन्छ। मानिसमा धेरै तनाव उत्पन्न हुनाले भर्खरको कुरा तत्कालै बिर्सने र झन् मानसिक रुपमा दवाव बढ्ने डर हुने गर्छ।
त्यसैकारण यदि हामीले तनाव उत्पन्न गराउने केही कुराबाट सचेत हुन सकियो भने मात्रै पनि स्मरणशक्ति क्षेयीकरण हुनबाट बच्न सकिन्छ।
यस्ता छन्, स्मरण शक्ति घटाउने केही कुराहरु
१. व्यायामको कमी
व्यायामले शरीर तथा मस्तिष्कमा रक्त संचार राम्रो गराउँछ । व्यायाम नगर्नेमा मानसिक तनावको मात्रा बढी हुन्छ । जसले गर्दा स्मरण शक्तिलाई कमजोर पार्छ ।
२. कफिको अधिकतम सेवन
धेरै कफिले पनि दिमागमा रक्त प्रवाह कम गर्छ जसले शरीर र दिमागलाई सुख्खा बनाउँछ । यसकारण राम्रो निद्रा लाग्दैन । राम्रो निद्रा नपर्दा पनि स्मरण शक्तिमा ह्रास आउँछ ।
३. पानी कम पिउनु
हाम्रो शरीरमा करिव ७० प्रतिशत पानीको मात्रा छ । मस्तिष्कमा त पानीको प्रतिशत करिब ८० प्रतिशत छ । दिनमा करिब तीन लिटर पानी शरीरको लागि आवश्यक पर्छ । शरीरमा पानीको मात्रा कम हुँदा दिमागको काममा समेत बाधा पुग्छ ।
४. नकारात्मक सोचाइ
नकारात्मक सोचाई राख्नाले तनावका हर्मोन पैदा हुन्छन् । जसले दिमागलाई सिधा असर गर्छन् र स्मरण शक्ति कमजोर हुन्छ ।
५. कम या राम्रोसँग नसुत्नु
करीब ६ देखि ७ घण्टा नियमित निदाउँदा शरीरलाई पूर्ण आराम मिल्छ । शरीरको रिपेयर र मेन्टिनेन्सका लागि निदाउनु जरुरी हुन्छ । निद्रा पुगेन भने पनि शरीरमा केही रसायनहरु सिर्जना हुन्छन् । जसले बढी भोक जगाउने, गुलियो बढी खान मन लाग्ने र मोटाउन सम्भावना त हुन्छ नै स्मरणशक्तिमा समेत असर गर्छ ।
६. धुम्रपान र सुर्तीजन्य पदार्थको सेवन
सुर्तीमा निकोटिन लगायत अन्य धेरै तत्वहरु हुन्छन् । यसको प्रयोगले रक्त संचारमा बाधा पु¥याउछ र शरीर तथा दिमागमा चाहिने मात्रामा रक्तसंचार हुन पाउँदैन । जसले स्मरणशक्तिलाई समेत प्रभावित पार्छ ।
७. बढी भिडियो गेम खेल्नु
आजकल केटाकेटीहरुमा भिडियो गेम खेल्ने चलन निकै बढेको छ । भिडियो गेम खेल्दा त्यसैको लत लाग्छ । जसले दिमागको चौतर्फी विकासमा अवरोध पु¥याउँछ । नकारात्मक दिमाग बनाएर अपराधिक क्रियााकलापमा लाग्न सक्ने समेत अध्ययनहरुले देखाएका छन् ।
८. बढी टेलिभिजन हेर्नु या ल्यापटप मोबाइल चलाउनु
दिनको २,३ घण्टा भन्दा बढी टेलिभिजन हेर्नु पनि दिमागको लागि हानिकारक मानिन्छ । किनभने टेलिभिजन अत्यधिक हेर्दा सम्पूर्ण स्वास्थ्यलाई पार्ने नकरात्मक असर दिमागसम्म पुग्छन् ।