के तपाई आइब्रो पातलो भएर चिन्तित हुनुहुन्छ? घरमै प्रयोग गर्नुहोस यो तेल, हुनेछ बाक्लो…

आँखा अनुहारको सबैभन्दा सुन्दर भाग हो। यसको सुन्दरतालाई अझ बढाउछ आइब्रोले।  सबैको अनुहार फरक-फरक आकारको भए जस्तै  आईब्रोको आकार पनि फरक हुन्छ।

पातलो र छोटो आइब्रो हुनेहरुलाई बाक्लो आइब्रोको अपेक्षा रहेको हुन्छ। बाक्लो आइब्रोले मानिसलाई अझ बढी आकर्षित बनाउछ। साथै  केहि युवतीहरुले आफ्नो आइब्रो पातलो भयो भनेर पेन्सिलको प्रयोग गर्ने गर्छन। आज हामि तपाइलाई केहि सजिलो घरेलु उपायको बारेमा बताउछौ , जसबाट तपाईको आईब्रोको कपाल बाक्लो र लामो हुनेछ।

१. दुध: प्रोटिन र भिटामिनबाट भरपुर दुध कपाललाई पोषण दिनमा पनि लाभकारी छ। राति सुत्नुभन्दा पहिले कपासमा थोरै दुध राखी आइब्रोमा लगाउनुहोस्।  यसले  तपाइको आइब्रोलाई विस्तारै बाक्लो बनाउने छ ।

२. नरिवलको तेल: दैनिक रति सुत्नुभन्दा पहिले आइब्रोमा नरिवलको तेल लगाउनुहोस्। यसबाट तपाईको छाला पनि चम्किलो र मुलायम बन्नेछ भने आखाको वरिपरी खुम्चिएको पनि  देखिदैन।

३. घ्यु कुमारीको रस: कपाल बढाउको लागि  घ्यु कुमारीको रस पनि फाइदाजनक रहेको छ।  यसबाट कपाललाई पोषण मिल्छ। घ्यु कुमारीको रस आइब्रोको कपालमा लगाउदा केहि दिनमा बाक्लो र लामो हुनेछ।

प्रकाशित : बिहिबार, बैशाख १८, २०७७१३:२२

“धुम्रपान गर्नेलाई भन्दा बढी मोटा व्यक्तिलाई क्यान्सरको खतरा”