काठमाडौँ: – हामी सबैलाई थाहा छ कि मानिसको सुन्दरता उसको अनुहारले हैन उसको स्वभावले हुन्छ। यसको बाबजुद पनि केटा होस् या केटी, जब आफ्नो पार्टनरको बारेमा सोच्छन्, तब उनीहरुको विशेष ध्यान लुक्स र पर्सनालिटीमा जान्छ। सामान्यतया: पुरुषहरु स्लिम ट्रिम केटीहरु प्रति बढी आकर्षित हुन्छन्। सोही कारण केटाहरुले मोटी केटीहरुलाई बेवास्ता गर्छन , तर आज हामी तपाईलाई यस्तो जानकारी दिन गईरहेका छौँ जुन थाहा पाएपछि तपाई मोटी केटीहरु मात्र खोज्न थाल्नुहुन्छ।
यद्यपि पातली केटीहरुलाई मोटी केटीहरुको तुलनामा हरेका रुपबाट राम्रो मानिन्छ। तर हालै भएको अनुसन्धानमा यस्तो खुलासा भएको छ जसले तपाईको सोचलाई पूर्णतया परिवर्तन गर्नेछ। अनुसन्धान अनुसार, मोटी केटीहरुको तुलनामा पातली केटीहरु आफ्नो भावना शेयर नगर्ने र मित्रवत् नहुने स्वभावका हुन्छन। र साथै उनीहरु आफ्नो मनको कुरालाई खुलेर व्यक्त गर्न सक्दैनन्। तर मोटी केटीहरु धेरै खुल्ला स्वभावका हुन्छन र आफ्ना दिलको कुरालाई राम्ररी व्यक्त गर्न सक्छन।
यस दृष्टिकोणबाट हामी सबै सजग छौं कि खुसी व्यक्तिहरूको उमेर बढी हुन्छ। यस अवस्थामा, अनुसन्धानले पनि पत्ता लगाएको छ कि मोटी केटीले आफ्नो पतिलाई पातली केटीको तुलनामा धेरै खुशी राख्छन।
अनुसन्धानबाट यो कुरा पनि सार्वजनिक भएको छ कि जो केटा मोटी केटीसँग सम्बन्धमा हुन्छन, उनीहरु सजिलै हरेक किसिमको तनाव र कठिनाइबाट सजिलै निस्कन सक्छन। उनीहरु हमेसा खुसी हुन्छन्।
नामिबिया युनिभर्सिटीको मनोविज्ञान विभागका Dr Filemon Alvarado र Dr Edgardo Morales ले यो अनुसन्धान गरेका हुन्। र यसको विवरण The Argentinian newspaper Nuevo Diario नामक अखबारमा प्रकाशित छ।