सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न सुझाव

शिक्षामन्त्रीलाई सुझावपत्र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष तथा परीक्षा सम्बन्धी सुझाव समितिका संयोजक डा चन्द्रमणि पौडेलबाट सुझावपत्र । तस्वीर ः सौजन्य÷ शिक्षामन्त्रीको सचिवालय, रासस

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न सुझाव दिइएको छ ।

मन्त्री पोखरेललाई आज राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा परीक्षासम्बन्धी सुझाव समितिका संयोजक डा चन्द्रमणि पौडेलले सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न सुझाव प्रतिवेदन बुझाएका हुन् ।

शिक्षामन्त्रीलाई सुझावपत्र
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष तथा परीक्षा सम्बन्धी सुझाव समितिका संयोजक डा चन्द्रमणि पौडेलबाट सुझावपत्र । तस्वीर ः सौजन्य÷ शिक्षामन्त्रीको सचिवालय, रासस

प्रतिवेदनमा यही वैशाख २५ गतेभित्र १–९ कक्षासम्मको नतिजा प्रकाशन गर्ने, २५ गतेपछि सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी भौतिक दूरी कायम गर्ने गरी भर्ना प्रकिया अगाडि बढाउने विद्यार्थीले आफ्नो घरबाट खाना खाएर परीक्षा दिन जान सक्ने गरी परीक्षा केन्द्र बनाउने सुझाव छ । उक्त सुझावलाई मन्त्री पोखरेलले उच्चस्तरीय समिति र मन्त्रिपरिषद् बैठकमा जानकारी गराउने बताएका छन् ।

उपत्यकाभित्र लकडाउन विस्तारै खुकुलो पार्न सुझाव
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुख्यसचिव लोकदर्शन रेग्मीलाई आर्थिक चलायमान बनाउने लकडाउन विस्तारै खुकुलो बनाउनुपर्ने सुझाव दिएका छन् ।

मुख्यसचिव रेग्मीलाई अध्यक्ष श्रेष्ठसहितको समूहले महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालको अर्थतन्त्रको असर परेको उल्लेख गर्दे आज उक्त सुझाव दिएको हो । “अब आर्थिक चलायमान गर्न लकडाउन पनि विस्तारै भौतिक र असर कम भएका ठाउँमा खुकुलो बनाउनु पर्छ, यसले आर्थिक चलयामान हुन्छ”, सुझाव पत्रका भनिएको छ, “अहिले काठमाडौँमा भएको मान्छेलाई बाहिर जान दिनु हुँदैन र बाहिरका मान्छेलाई पनि काठमाडौँ आउन दिनुभएन, यहाँ उद्योग खुल्यो भने मजदुरले यही रोजगारी पाउँछन् ।”

मुख्यसचिव रेग्मीले सुझावलाई अध्ययन गरेर व्यावहारिक सुझावलाई आफूले सम्बन्धित निकायसँग छलफल गर्ने जानकारी दिए। नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरसको प्रभावका कारण अर्थ मौद्रिक तथा वित्त, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य क्षेत्रलाई पुनरुत्थान गर्न तयार गर्न विषयगत सुझाव मुख्यसचिव रेग्मीलाई हस्तान्तरण गरेको हो ।

प्रकाशित : बिहिबार, बैशाख १८, २०७७१५:०१

काठमाडौँबाट बाहिर जान र आउन रोक लगाएर लकडाउन विस्तारै खुकुलो बनाउन सुझाव !