साहस, पराक्रम, क्रोधको कारक ग्रह मंगलले यहि वैशाख २२ गते राशि परिवर्तन गर्दैछ। वैशाख २२ गते बेलुका ९ बजेर १९ मिनेट पछि मंगल मकर बाट कुम्भ राशिमा प्रवेश गर्नेछ। मंगल कुम्भ राशिमा असार ४ गते सम्म रहनेछ। मंगलले कुम्भ राशिमा प्रवेश गरेसँगै हरेक राशिलाई सकारात्मक वा नकारात्मक प्रभाव पर्नेछ। मंगल राशि परिवर्तन पछि राशि अनुसार मिल्ने फल निम्न छ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
एकादश भावमा रहने मंगलले मेष राशि हुनेहरुलाई विभिन्न प्रकारका लाभ दिलाउनेछ। पूराना योजनाहरुले सहि रुप लिँदा आम्दानीको श्रोत बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ भने प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मंगलको राशि परिवर्तन वृष राशि हुनेहरुलाई लाभप्रद रहनेछ। सोचेका सम्पूर्ण कार्यमा सहज सफलता मिल्नेछ भने नयाँ योजना हात लाग्नेछन्। दशम भाव हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउन सफल भइनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
भाग्य भावमा रहने मंगलले अनेक प्रकारका अप्रत्याशित परिणाम दिलाउनेछ। विदेशमा रहने मित्रजन अथवा आफन्तजनबाट उपहार मिल्न सक्छ। कानूनी रुपमा पनि सफलता मिल्न सक्ला। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
अष्टम भावमा रहने मंगलले कर्कट राशि हुनेहरुलाई आक्रामक बनाउन सक्छ। वाणी तथा व्यवहारमा नियन्त्रण राख्न आवश्यक रहला। सवारी-साधनमा यात्रा गर्दा सावधान रहनु उचित हुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्लान्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी हुन गार्है देखिन्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
सप्तम भावमा रहने मंगलले दाम्पत्य जीवनमा समस्या पैदा गर्न सक्छ। परिवारमा पनि कलहको अवस्था शिर्जना हुन सक्ला। रोकिएका काम दोहोर्यानपर्ला। ईर्ष्या गर्नेहरूबाट सावधान रहनु होला। सामान्य विषयमा पनि विवाद हुन सक्ने हुँदा वाणी तथा व्यवहारमा नियन्त्रण राख्नु होला।
कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)
मंगल ग्रहको राशि परिवर्तनले कन्या राशि हुनेहरुको पराक्रममा वृद्धि गराउनेछ। धेरै समय देखि नमिलेका विवाद मिल्नेछन् भने नयाँ कार्य थालनीको अवसर पनि जुर्नेछ। उच्च अधिकारीहरूसँगको मधुर सम्बन्धले हरेक योजना सफल भएर जानेछन्। तारिफयोग्य कामले अरूको समेत उपकार गर्न सकिनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
पंचम भावमा मंगलको उपस्थितिले साहित्य-लेखन तथा शिक्षाको क्षेत्रमा सफलता दिलाउनेछ। विज्ञान तथा प्रविधिका विद्यार्थीहरूलाई केहि नयाँ गर्ने अवसर जुर्नेछ भने परिश्रमको उचित सफलता मिल्नेछ। प्रेम जीवनमा केहि कटुता रहेपनि पारिवारिक माहोल भने आफ्नो पक्षमा रहनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )
मंगलको राशि परिवर्तन वृश्चिक राशि हुनेहरुलाई मिश्रित फलदायी रहने देखिन्छ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। यधपी पारिवारिक कलहले भने मानसिक तनाव बढाउन सक्ला।
धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )
तेस्रो स्थानमा रहने मंगल ग्रहले धनु राशि हुनेहरुको साहस एवं पराक्रम बढाउनेछ। समय लागे पनि रोकिएका काम प्रारम्भ हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवसर जुट्न सक्छ। साथीभाइको सहयोगले उत्साह मिल्नेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
मंगल ग्रहको राशि परिवर्तनले मकर राशि हुनेहरुको व्यवहारमा नकारात्मकता पैदा गर्नेछ। जसकारण सम्बन्धहरु टुट्न सक्छन् भने परिवारमा पनि कलह बढेर जानेछ। कुनै पनि निर्णय गर्नु अगाडी परिवारमा परामर्श आवश्यक रहला। सकेसम्म नयाँ कार्यमा लगानी नगरेकै उचित होला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मंगल आफ्नै राशिमा प्रवेश गर्ने हुँदा कुम्भ राशि हुनेहरुलाई दुख मिल्ने देखिन्छ। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्नेछ। आयआर्जनका बाटा बन्द हुँदा आर्थिक समस्याले सताउनेछन्। स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्न सक्ला।
मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)
बार्हौं स्थानमा रहने मंगल ग्रहले खर्चमा उच्च वृद्धि गराउनेछ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। कानूनी समस्या बढ्नेछन् भने वादविवाद पनि बढ्न सक्ला। कर्मको उचित प्रतिफल नमिल्दा चिन्ता बढ्नेछ। स्वास्थ्यमा अपनी मंगलको नकारात्मक प्रभाव रहन सक्ला।