काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको धम्कीबाट कोहि पनि नतर्सिने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद् भएको बताएको प्रति सामाजिक संजाल ट्वीटरमा टिप्पणी गर्दै थापाले यस्तो बताएका हुन्।
महामारीको मौका छोपेर आफ्नो स्वार्थका लागि अस्थिरताको खेल खेलेर खवरदारी गर्नेहरूलाई धम्की दिन नमिल्ने थापाको तर्क छ। अनेकन प्रपञ्च रचेर ओलीले परिस्थिति विगार्ने काम गरेको थापाको आरोप छ।
“‘वाह ! प्रधानमन्त्री ज्यू, महामारीको मौका छोपेर आफ्नो स्वार्थका लागि अस्थिरताको खेल खेल्ने,अनेकन प्रपञ्च रचेर परिस्थिति विगार्ने तपाईं!गर्नु पर्ने नगर्ने,देख्नुपर्ने नदेख्ने,सुन्नुपर्ने नसुन्ने तपाईं! अनि धम्की ति खवरदारी गर्नेहरूलाई? जो चोर उसैको ठूलो स्वर। कोही तर्सनेवाला छैन यो धम्कीबाट।”,थापाले ट्वीटरमा लेखेका छन्।
वाह @PM_Nepalज्यू!
महामारीको मौका छोपेर आफ्नो स्वार्थका लागि अस्थिरताको खेल खेल्ने,अनेकन प्रपञ्च रचेर परिस्थिति विगार्ने तपाईं!गर्नु पर्ने नगर्ने,देख्नुपर्ने नदेख्ने,सुन्नुपर्ने नसुन्ने तपाईं!अनि धम्की ति खवरदारी गर्नेहरूलाई?जो चोर उसैको ठूलो स्वर।कोही तर्सनेवाला छैन यो धम्कीबाट।— Gagan Thapa (@thapagk) May 1, 2020
वाह @PM_Nepalज्यू!
महामारीको मौका छोपेर आफ्नो स्वार्थका लागि अस्थिरताको खेल खेल्ने,अनेकन प्रपञ्च रचेर परिस्थिति विगार्ने तपाईं!गर्नु पर्ने नगर्ने,देख्नुपर्ने नदेख्ने,सुन्नुपर्ने नसुन्ने तपाईं!अनि धम्की ति खवरदारी गर्नेहरूलाई?जो चोर उसैको ठूलो स्वर।कोही तर्सनेवाला छैन यो धम्कीबाट।— Gagan Thapa (@thapagk) May 1, 2020
यस्तै नेपाली कांग्रेसका अर्का नेता तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पनि श्रमिक दिवसका अवसरमा प्रधानमन्त्रीले जारी गरेको सन्देश माथि कडा टिप्पणी गरेका छन्।
पैदल घर जाँदा श्रमिकले नभेटेका प्रधानमन्त्रीले दिएको श्रमिक दिवशको सन्देश रंगीन कागजको फूल भएको भएको शर्माको टिप्पणी छ। अस्थिरता आफू निम्त्याएर ओलीले संचार माध्यम र सामाजिक संजाललाई दोष दिएको शर्माको अभिव्यक्ति छ।
“श्रमिक पैदल घर गइरहँदा नभेटिएका प्रधानमन्त्रीको श्रमिक दिवसको संदेश रंगीन कागजको फुल !अस्थिरता आफू निम्त्याउने अनि सञ्चार माध्यम र सामाजिक सञ्जालाई दोष। अझ धम्कीको भाषा। उहाँकै शैलीमा भन्नुपर्दा तितेपाती गुलियो कहाँ हुन्छ,चिनीको मल हालेर।”,उनले लेखेक छन्।
श्रमिक पैदल घर गइरहंदा नभेटिएका @PM_Nepal को श्रमिक दिवसको संदेश
`रंगीन कागजको फुल´ !अस्थिरता आफू निम्त्याउने अनि संचार माध्यम र सामाजिक संजाललाई दोष l अझ धम्कीको भाषा l उहाँकै शैलीमा भन्नुपर्दा `तितेपाती गुलियो कहाँ हुन्छ,चिनिको मल हालेर´ !
सबैलाई मे दिवसको हार्दिक शुभकामना !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 1, 2020
श्रमिक पैदल घर गइरहंदा नभेटिएका @PM_Nepal को श्रमिक दिवसको संदेश
`रंगीन कागजको फुल´ !अस्थिरता आफू निम्त्याउने अनि संचार माध्यम र सामाजिक संजाललाई दोष l अझ धम्कीको भाषा l उहाँकै शैलीमा भन्नुपर्दा `तितेपाती गुलियो कहाँ हुन्छ,चिनिको मल हालेर´ !
सबैलाई मे दिवसको हार्दिक शुभकामना !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 1, 2020
“आफ्ना स–साना स्वार्थ पूरा गर्न परिस्थितिलाई बिथोल्न खोजिन्छ भने जनता चुप बस्दैनन्”
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद् भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सिर्जनशील हात र उत्पादनका साधनहरु बन्दाबन्दीमा रहेका बेला श्रमजीवी वर्ग भनेको दुःख गर्न सक्ने, सुखको सपना देख्ने र परिवर्तनको संवाहक वर्ग हो भन्दै सबै आत्तिएको बेला ढाडस दिन सक्ने, अनि आफैँ अघि सरेर समस्याको सामना गर्न सक्ने श्रमजीवी वर्ग नै भएको उल्लेख गरेका छन् ।
“आज नेपालका केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ । एकातिर सम्पूर्ण नेपाली जनता र सिङ्गै विश्व कोरोना महामारीविरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयास गरिनु दुःखद् कुरा हो ।” प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, “आफ्ना स–साना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन । त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु ।”
कोरोना भाइरसको महामारीविरुद्ध अग्रपङ्क्तिमा रहेर जुधिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइलगायतका सेवामा क्रियाशील श्रमजीवीहरु यसका उदाहरण भएको उल्लेख गर्दै उनले ‘काम, मनोरञ्जन र आराम’ बीच सन्तुलन कायम गर्न माग स्थापित श्रमिक दिवसमा श्रमिकको ‘सम्मानित, समृद्ध र सिर्जनशील’ जीवनका लागि भएका सबै आन्दोलनको स्मरण गरिँदै आएको उल्लेख गरेका छन् । उनले भनेका छन्, “श्रम आधारभूत कुरा हो र जीवन प्रमुख कुरा हो । श्रमबिनाको पूँजी र प्रविधि पनि अर्थहीन हुन्छ ।”
कोरोना भाइरसको महामारीका कारण ‘न कार्यरत मुलुकमा रम्न सकिने, न त स्वदेश फर्किन सकिने’ चेपुवामा श्रमिकहरू परिरहेको उल्लेख गर्दै उनले यसबाट सिर्जना भएको पीडाप्रति आफू जानकार तथा संवेदनशील रहेको जनाएका छन् ।
विगत दुई वर्षयता श्रमिकको न्यूनतम पारिश्रमिक, इतिहासमै उच्च अर्थात् ३९ प्रतिशतले वृद्धि भएको, आर्थिक वृद्धि दोहोरो अङ्कको लक्ष्य हासिल गर्नेतर्फ लम्किएको, श्रम क्षेत्रमा बजेट दोब्बर गरिएको, दक्ष जनशक्ति निर्माण, रोजगारी सिर्जना, सामाजिक सुरक्षा र सुरक्षित तथा सुलभ वैदेशिक रोजगारीका चार लक्ष्यमा आधारित विभिन्न कार्यक्रम सञ्चालित हुँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २२ लाख श्रम दिन बराबरको रोजगारी सिर्जना आदि उपलब्धिको चर्चा सन्देशमा गरका छन् ।
कोरोना महामारीविरुद्धकोे अग्रमोर्चामा रहेका सबैका लागि रु २५ लाख रकम बराबरको बीमा गरिएको, व्यक्तिगत सुरक्षा उपकरणको व्यवस्थाका साथै उनीहरुको भत्तामा शतप्रतिशतसम्म थप गरिएको र लकडाउनको अवधिको पारिश्रमिक कायम गर्न र महिला स्वास्थ्य स्वयंसेवीलाई एकमुष्ट रु एक हजार ५०० थप भत्ताको व्यवस्था गरिएको पनि उनले दोहोर्याएका छन् ।
सन्देशमा दैनिक गर्ने कामबाट जीवन धानिरहेकाहरुलाई भोकै पर्न नदिन नेपालमा ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने सरकारको नीतिअन्तर्गत स्थानीय तह, प्रदेश तथा केन्द्रीय प्रशासनको संयोजनमा राहतको व्यवस्था गरिएको उल्लेख छ । उनले भनेका छन्, “तर घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै राख्दैन । रुखोसुखो भरणपोषणको जोगावट गर्छ र व्यवहार चलाउँछ । तपाईँहरुको यस प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारले पनि उपलब्ध स्रोत र साधनले भ्याएसम्म सुविधाको जोगावट गर्छ ।”
उनले अबका हाम्रा सबै प्रयास स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हुने जनाउँदै भूकम्पपछिको यस दशकलाई हामीले पुनःनिर्माणको दशक भनेझैँ, अबको हाम्रो पहिलो लक्ष्य कोरोनाबाट हाम्रो समाजलाई मुक्त बनाउनु हुने स्पष्ट पारेका छन् । स्वस्थ नागरिक निर्माण गर्न स्वास्थ्य बीमासहितको जनस्वास्थ्य र सीपयुक्त नागरिक निर्माणका लागि शिक्षामा लगानी वृद्धि गर्दै ‘आजको लागि स्वास्थ्य, भोलिका लागि शिक्षा’ अबको हाम्रो दिशा हुने जनाएका छन् ।
नेपालको राजनीतिक आन्दोलनले ट्रेड युनियन आन्दोलनलाई वैचारिक नेतृत्व गरिरहेको तर नेपाली ट्रेड युनियन आन्दोलनले राजनीतिक आन्दोलनलाई धेरै कुरा सिकाएको छ भन्दै उनले अप्ठ्यारोमा नहड्बडाउने, अनिकालमा मिलेर बीउ जोगाउने, सहकालमा भएका नाफाको न्यायोचित वितरणमा सामाजिक संवाद गर्ने, अनि विविधताबीच एकता कायम गरी अघि बढ्ने कुराहरु आन्दोलनको सिकाइ भएको उल्लेख गरे। सन्देशमा भनिएको छ, “कमीकमजोरी भए सच्याउनुपर्छ तर अराजक होइन, अनुशासित हुनुपर्छ ।”