रोल्पामा विस्फोटन नभएका अन्य बम पनि भेटिए, सेनाद्वारा निष्क्रिय !

रोल्पा – त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा फेला परेको बेवारिसे बम आज निष्क्रिय पारिएको छ ।

दहवनबाट गएको सेनाको टोलीले ब-म डिस्पोज गरेको हो । बिहीबार दिउँसो जंगलमा बाख्रा चराउन गएका चार स्थानीय बालबालिको आफूले फेला पारेको बेवारिसे ब-म खेलाउने क्रममा वि-स्फोट हुँदा ज्यान गएको थियो ।

सोही ठाउँमा अर्को वि-स्फोटन नभएको ब-मसमेत रहेको भन्ने स्थानीय बासिन्दाले दिएको जानकारीका आधारमा सेनाको टोली पुगी डिस्पोज गरेको हो । ब-म वि-स्फोटमा परी ज्यान गुमाएका बालबालिकाको शव स्थानीय जनप्रतिनिधि, प्रहरी र पीडित परिवारको उपस्थितिमा मुचुल्का उठाई परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वि-स्फोटमा पर मृत्यु हुनेमा त्रिवेणी–७ का लालबहादुर केसीका ११ वर्षीया छोरी विमला र पाँच वर्षीय छोरा विजय केसी तथा ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखिराम र लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरव छन् । मृतकका परिवारलाई किरिया खर्च उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले बताए । उनले घटना भएको स्थानमा थप अनुसन्धान गर्नसमेत आग्रह गरे।

घटनास्थलमा प्रदेश नं ५ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, प्रदेशका प्रहरी प्रमुख रवीन्द्र धानुकसमेत पुगी जानकारी लिए । बालबालिकाले जंगलमा ब-म भेटाएर फर्की दुम्ला खोलामा खेलाउँदा वि-स्फोट भएको हुन सक्ने अनुमान गरिएको छ । स-शस्त्र द्व-न्द्वका बेला दुम्ला डाँडामा तत्कालीन माओवादी र नेपाली सेनाबीच भि-डन्त भएको थियो ।

प्रकाशित : शुक्रबार, बैशाख १९, २०७७१३:४७

रानुदेवीः साङ्गीतिक मोर्चाबाट प्रजातान्त्रिक आन्दोलनमा !