भारतमा २४ घण्टामा हालसम्मकै धेरै संक्रमित भेटिए, मृतकको संख्या पनि बढ्दै !

काठमाडौँ – भारतमा कोविड–१९’ संक्रमितको संख्या ३७ हजार नाघेको छ । गएको २४ घण्टायता २ हजार ३९४ कोरोना भाइरसका नयाँ संक्रमित थपिएसँगै भारतमा संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको हो। भारतमा बितेको २४ घण्टामा मात्रै ६९ जनाको ज्यान गएको छ। जससँगै भारतमा मृतकको संख्या १ हजार २ सय २३ पुगेको छ।

भारतमा २४ घण्टामा हाल सम्मकै बढी संक्रमित फेला परेको बताइएको छ। यस भन्दा अगाडी भारतमा सबै भन्दा धेरै संक्रमित अप्रिल १९ मा फेला परेका थिए। उक्त दिन बाहेक भारतमा एकै दिन २ हजार भन्दा बढी संक्रमित फेला परेका थिएनन्। तर, बितेको २४ घण्टामा भने त्यहाँ २३ सय भन्दा बढी संक्रमित फेला परेको छन्।

देखिएका संंक्रमितहरूमध्ये १० हजार ७ जना भने उपचारपछि निको भएर फर्किएका छन् । प्राप्त जानकारीअनुसार हाल भारतमा २६ हजार १०६ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

यस्तै यो समाचार तयार पार्दा सम्म विश्वभर कोरोना संक्रमितको संख्या ३४ लाख नाघेको छ। हाल सम्म विश्वभर संक्रमितको संख्या ३४ लाख १ हजार ३१८ पुगेको छ भने मृत्यु हुनेको संख्या २ लाख ३९ हजार ६ सय १४ पुगेको छ। कोरोनाबाट सबै भन्दा बढी प्रभावित अमेरिकाका संक्रमितको संख्या ११ लाख ३१ हजार ४५२ पुगेको छ भने त्यहाँ ६५ हजार ७७६ जनाले ज्यान गुमाएका छन्।

प्रकाशित : शनिबार, बैशाख २०, २०७७०५:५०

चर्चित लोकदोहोरी गायिका विष्णु माझीलाई मातृ शोक!