निःशुल्क खाना खुवाउँदै ‘नेवा:ज’

काठमाडौँ – कोरोना भाइरस संक्रमणको जोखिम हुन नदिन सरकारले लकडाउनको घोषणा गरेपछि ललितपुरको ‘नेवा:ज क्लब’ निःशुल्क भोजनको व्यवस्थापनमा जुटेको छ ।

दैनिक आयस्रोत कम भइ जीविकोपार्जनमा समस्यामा परेका नागरिकलाई उक्त क्लबले करिब एक महिना देखि निःशुल्क भोजन व्यवस्था गर्दै आएको छ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका कारण दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नेहरुलाई मर्का परेको भन्दै दैनिक निःशुल्क भोजनको व्यवस्था गरिएको बागमती प्रदेश सभा सदस्य राजकाजी महर्जनले बताए।

क्लब मार्फत ललितपुरका विभिन्न स्थान सहित बटुक भैरव मन्दिर, गोंगबु, ठमेल, बसन्तपुर, पशुपति लगायतका क्षेत्रहरुमा विगत एक महिना देखि निःशुल्क भोजनको व्यवस्था गरिँदै आएको उनको भनाई छ।

“मजदुर, विपन्न, सडक पेटीमा बस्ने र मागेर गुजारा गर्ने लगायतका वर्गलाई आफूहरुले समेटर भोजनको व्यवस्था गरेका छौँ। साथै सामाजिक दूरी कायम गरी सुरक्षित तरिका भोजन वितरण गर्दै आएका छौँ।”,उनले भने,”क्लबका सदस्यहरु मिलेर आफ्नै खर्चमा भोजन वितरण गर्दै आएका छौँ। क्लब मार्फत हामी दाताहरुबाट सहयोग पनि लिन्छौं।”

यस्तै सोहि क्लब मार्फत हरेक शनिबार पशुपति क्षेत्रमा रहेका छाडा-चौपाया तथा अन्य जनावरहरुलाई पनि आहारको व्यवस्था गरिँदै आएको उनी बताउँछन्।

प्रकाशित : शनिबार, बैशाख २०, २०७७१०:२२

महोत्तरीमा अज्ञात रोगबाट मृत्यु हुनेको संख्या ११ पुग्यो !