काठमाडौँ, बैशाख २०। नायिका मरिश्का पोखरेलले इन्गेजमेन्ट गरेकी छिन् । चलचित्र ‘के म तिम्रो होइन र’ बाट नेपाली सिनेमा क्षेत्रमा पाइला टेकेकी पोखरेलले अष्ट्रेलियामा बस्दै आएका प्रेमीसँग औँठी साटेकी हुन्।
चलचित्र क्षेत्रमा सुखद यात्रा तय गर्न नसकेकी नायिका मरिस्का पोखरेलको चर्चा लोक गीत ‘सालको पात’ बाट चुलिएको थियो । उक्त गितबाट उनलाई धेरैले चिनेका थिए ।
विगत २ वर्षदेखि प्रेममा रहेका पोखरेल र उनको प्रेमी बीच अष्ट्रेलियामा नै औँठी साटासाट भएको थियो । पोखरेलका प्रेमी ८ वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका थिए ।
नायिका पोखरेल अभिनित सबै चलचित्र लगातार असफल रहेका छन् । उनल चपलिहाइट २, लम्फु, पण्डित बाजेको लौरी, मिस्टर- भर्जिन, साली कस्को भेनाको, शिरफूल जस्ता चलचित्रमा अभिनय गरिसकेकी छिन्।