नेविसंघले भन्यो – “विद्यार्थीलाई निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउ”

काठमाडौँ – नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विद्यार्थीलाई निःशुल्क इन्टरनेट सुबिधा उपलब्ध गराउन माग गरेको छ ।

कोरोनाभाइरस महामारीका कारण शैक्षिक संस्थामा पठनपाठन बन्द भएका बेला अनलाइनबाट पठनपाठन गर्नुपर्ने भएकाले नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विद्यार्थीलाई निःशुल्क इन्टरनेट सुबिधा उपलब्ध गराउन माग गरेको हो।

लकडाउनमा विश्वविद्यालयहरुले अनलानइन कक्षा सुरु गरिसकेको र सरकारले पनि अनलानइन कक्षाको तयारी गरिरहेको हुँदा विद्यार्थीलाई नि:शुल्क इन्टरनेट सुविधा उपलब्ध गराउनुपर्ने नेविसंघको माग छ।

आइतबार नेविसंघ अध्यक्ष राजीव ढुंगानाले नेपाल दूरसञ्चार प्राधिकरणका प्रबन्ध निर्देशकलाई ज्ञापनपत्र बुझाएर विद्यार्थीलाई निःशुल्क इन्टरनेट सुबिधा उपलब्ध गराउन माग राखेका छन्।

“नियमित अध्ययनरत विद्यार्थीको विवरण सम्बन्धित शैक्षिक संस्थाबाट लिने र सम्पूर्ण विद्यार्थीको आइडि बनाइ इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन अनुरोध गर्दछौं।”,ज्ञापनपत्रमा भनिएको छ।

प्रकाशित : आइतबार, बैशाख २१, २०७७०६:३६

निको भएर घर फर्किएका रौतहटका संक्रमितमा पुनः कोरोना देखियो !