३३ वर्ष अघि बनेको ‘रामायण’ ले फेरी बनायो विश्व किर्तिमान!

एजेन्सी,  आजभन्दा ३३ वर्ष अघि निर्माण गरी प्रसारण गरिएको ‘रामायण’ टेलिश्रृंखलाले विश्व किर्तिमान कायम गरेको छ । सन् १९८७ मा भारतीय टेलिभिजन च्यानल ‘दुरदर्शन’ मा प्रशारण भएको ‘रामायण’ अहिले पुनः प्रशारण गर्दा पनि सबैभन्दा बढी पटक हेरिने श्रृंखलामा रेकर्ड बनाएको छ ।

रामायणले सबैभन्दा बढी पटक हेरिने श्रृंखलामा रेकर्ड बनाएपछि ‘गेम अफ थ्रोन्स’, ‘बिग ब्याङ थ्योरी’ लगायतका रेकर्ड समेत  तोडेको छ । भारतमा लकडाउन भएपछि पुन: प्रशारण भएको रामायणले संसारभरका मनोरञ्जनात्मक कार्यक्रममा सबैभन्दा धेरै पटक  हेरिएको किर्तिमान बनाएको हो ।

टाइम्स अफ इण्डियाका अनुसार ‘रामायण’ गत १६ अप्रिलसम्म ७ करोड ७० लाख मानिसले हेरेका छन् ।

लेखक, निर्माता तथा निर्देशक रामानन्द सागरले बनाएको यो टेलिश्रृंखलाले  यसअघि सन् २००३ मा पनि विश्व मै सबैभन्दा बढी हेरिएको पौराणिक कथामा किर्तिमान बनाएको थियो । ‘रामायण’ मा दिपिका चिखलिया ‘सीता’ र दारा सिंह ‘हनुमान’ को भूमिकामा थिए ।

३३ वर्ष अघि निर्माण गरी प्रसारण भएको यो टेलिश्रृंखलाका प्राय: सबै कलाकारहरु वृद्ध भइसके भने  कोहिको निधन भैसक्यो। तर पनि यसको क्रेज फेरि बढिरहेको छ ।

प्रकाशित : आइतबार, बैशाख २१, २०७७०९:५८

क्वारेन्टाइनमा लैजाँदै गर्दा बाटोमै मृत्यु, थ्रोट स्वाब परीक्षण!