आज असार १७ गते यानी जुलाई २ तारिख औंसी , सोहि अवसरमा आज लाग्ने सुर्यग्रहण लाग्ने ज्योतिषहरुले जानकारी दिएका छन। उक्त सुर्यग्रहण नेपाली समय अनुसार राती १० बजेर ४० मिनेट देखि ३ बजेर ३५ मिनेट सम्म रहने जनाईएको छ। यस ग्रहणको कुल समयवधी ४ घण्टा ५५ मिनेट सम्म रहने छ। आज लाग्न लागेको सुर्यग्रहणलाई पूर्ण सुर्यग्रहण बताईएको छ तर नेपालमा भने पूर्ण सुर्यग्रहण देख्न पाइने छैन। यसपटक अर्जेन्टिना , चिली जस्ता देशहरुमा पूर्ण ग्रहण देख्न पाइने छ। यसपश्चात अर्को पूर्ण सुर्यग्रहण २०२० को डिसेम्बरमा लाग्ने बताईएको छ। तर अर्को पटक भने चिली तथा अर्जेन्टिना जस्ता देशमा ग्रहणको कुनै प्रभाव पर्ने छैन।
के हो सुर्यग्रहण ?
जब सुर्य र पृथ्वीको बिचमा चन्द्रमा आउछ त्यस्तो अवस्थालाई सुर्य ग्रहण भन्ने गरिन्छ।सुर्य पूर्ण रुपले देखिन छोड्छ तब त्यस्तो स्थितिलाई पूर्ण सुर्य ग्रहण भन्ने गरिन्छ। जब सुर्य र पृथ्वीको बिचमा चन्द्रमाआउछ तब पृथ्वीमा सुर्यबाट आउने प्रकाश रोकिन पुग्छ यस्तो अवस्थालाई सामान्यतया ग्रहण भन्ने गरिन्छ।
नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन यानी NASA का अनुसार आज लाग्ने सुर्यग्रहण न्युजील्याण्डको तटदेखि सुरु भई दक्षिणी प्रशांत, चिली र अर्जेन्टिनासम्म पुग्ने बताईएको छ। जुन दृश्य ३६ सेकेन्ड मात्र देख्न पाइने छ।
ग्रहण सबै देशमा नदेखिए पनि यसको प्रभाव संसारभर पर्ने देखिन्छ। ज्योतिषिय मान्यता अनुसार ग्रहणको प्रभावबाट बच्नका लागि कुनै चिज दान गर्नुलाई उत्तम मानिन्छ। ग्रहण काल समाप्त भएपछि नुहाई धुवाई गरेर आफ्नो तौल अनुसारको अन्न अनाज दान गर्दा लाभ मिल्ने देखिन्छ। साथै दिन दुखि तथा गरिबलाई भोजन गराउनु पर्दछ। धार्मिक मान्यता अनुसार सुर्य ग्रहको समयमा घरमा ‘ओम् नमो भगवते वासुदेवाय’ मन्त्रको जप गर्नु पर्दछ। यसका अलावा महामृत्युंजय मंत्र जप गर्नु आवश्यक छ।सती ग्रहणको समयमा घरमा बसेर धार्मिक ग्रन्थको पाठ गर्नुले जीवनमा नसोचेको लाभ उठाउनुका साथै ग्रहणको नकारात्मक प्रभावबाट बच्न सकिन्छ।