महेश बस्नेत, सर्वेन्द्र खनाल सहित ३ जना विरूद्धको उजुरी दर्ता भयो !

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ) तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी दर्ता भएको छ।

अ-पहर-ण तथा शरीर ब-न्धक कसुरमा तत्कालिन समाजवादीका सांसद डा सुरेन्द्र यादवले सरकारी वकिल कार्यालयमा दिएको उजुरी सोमबार दर्ता भएको हो।

सरकारी वकिलको कार्यालय, काठमाडौंले उजुरी दर्ता नगरेपछि सांसद यादवले मानव अधिकार आयोगमा उजुरी दिएका थिए। मानव अधिकार आयोगमा उजुरी दिएपछि सोमबार उनको उजुरी सरकारी वकिल कार्यालयमा पनि दर्ता भएको हो।

यस भन्दा अगाडी सांसद यादवले महानगरीय प्रहरी परिसर टेकुमा पनि जाहेरी दिने प्रयास गरेका थिए। तर, घटना महोत्तरीमा भएकाले उतै जाहेरी दिनुपर्ने भन्दा टेकुले उनको जाहेरी लिन अस्विकार गरेको थियो।

प्रकाशित : सोमबार, बैशाख २२, २०७७०९:०६

पूर्वयुवराज पारसलाई हृदयघात नभएको खुल्यो !