लकडाउनको मोडालिटी तयार हुँदै: अन्त खुकुलो भएपनि काठमाडौँमा भने कडा पारिने !

काठमाडौँ – लकडाउन खुकुलो बनाउने अथवा कडा बनाउने बारे तीन मन्त्रालयको समन्वयमा लकडाउनको मोडालिटी तयार पारिने भएको छ। गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयले लकडाउनको मोडालिटी तयार पार्ने भएका हुन्।

सोमबार बसेको कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समिति बैठकले यी तीनै मन्त्रालयलाई लकडाउनको मोडालिटी तयार पर्न निर्देशन दिएको छ।

कोरोना रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउन बारे समिक्षा गर्दै सोमबारको बैठकले तीन मन्त्रालयलाई लकडाउनको मोडालिटी तयार पर्न निर्देशन दिएको बताइएको छ।

मंगलबार सम्म लकडाउनको मोडालिटीक खाका पेश गर्न सोमबारको बैठकले निर्देशन दिसकेको छ। सोहि आधारमा लकडाउन बारे मन्त्रिपरिषद् बैठकमा सुझाव पेश गर्ने समितिको तयारी छ।

सोमबारको बैठकमा मुलुकको भूगोल, सङ्क्रमणको अवस्था हेरेर ‘ग्रीन जोन, रेड जोन र एलो जोन’का रुपमा वर्गीकरण गरी सोहीअनुसार लकडाउनलाई खुकुलो र कडा बनाउने विषयमा छलफल भएको बुझिएको छ।

कोरोना नदेखिएका र कोरोना मुक्त क्षेत्रमा लकडाउन खुकुलो बनाउने सम्भावना रहेपनि काठमाडौँ उपत्यकालाई भने जोखिमपूर्ण क्षेत्रकै रुपमा लकडाउन कायम राख्ने विषय बैठकमा उठेको छ। काठमाडौँमा कोरोना संक्रमित मुक्त भइसकेको भएपनि लकडाउन खुकुलो नबनाउने उच्च सम्भावना रहेको बताइएको छ।

प्रकाशित : सोमबार, बैशाख २२, २०७७११:४५

रोजा व्रत बसेर कुरान पाठ गर्दै कोरोना सङ्क्रमित मुस्लिम !