नामको सुरुको अक्षरबाट थाहापाउनुहोस् तपाई कति भाग्यमानी !

एजेन्सी । प्रसिद्ध ज्योतिषशास्त्रीहरुका अनुसार यी अक्षरबाट नाम सुरु हुने मानिसहरुको आफ्नो जीवनमा निकै भाग्यमानी हुने गर्छन्।  आउनुस् जानौँ कुन कुन अक्षरबाट नाम सुरुहुने व्यक्ति हुन्छन् निकै भाग्यमानी।

चन्द्र राशिका अनुसार सबै १२ राशीहरुको लागि अलग-अलग नाम अक्षर हुने बताइएको छ । व्यक्तिको जन्मको चन्द्र  जुन राशीमा रहन्छ, त्यही नै त्यो व्यक्तिको नाम राशि हुन्छ। यसलाई चन्द्र राशी पनि भन्ने गरिन्छ।

नामको पहिलो अक्षरबाट व्यक्ति को राशि जान्ने गरिन्छ। त्यसैबाट उक्त व्यक्तिको भविष्य र स्वभावको जानकारी लिन सकिन्छ, ज्योतिष शास्त्रमा भनिएको छ। तर, कुनै राशि यस्ता राशीहरु पनि छन्, जो अने राशी भन्दा निकै शक्तिशाली हुन्छन्।

मेष राशि ( नाम अक्षर- चू, चे, चो, ला, ली, लू, ले, लो, अ)
यो राशिको स्वामी मंगल  हो। मंगल ग्रहलाई ग्रहहरुको  सेनापति  मानिन्छ । यस कारण मेष राशि  हुने व्यक्तिमा नेतृत्व गर्ने  क्षमता अद्भुत हुने गर्छ । यसै क्षमताको कारणले यो राशी अन्य राशीहरु भन्दा बलियो हुने गर्छ।

मंगल ग्रहले मेष राशीलाई क्षमता र नेतृत्व गर्ने बल प्रवाह गरिदिन्छ।  यो राशी हुनेहरुले बडो मेहनतका साथ नेतृत्व क्षमता निभाउन सफल हुन्छन्। त्यसैगरी उनीहरु निकै भाग्यशाली पनि मानिन्छन् ।

वृश्चिक राशि (नाम अक्षर- तो, ना, नी, नू, ने, नो, या, यी, यू)
मेष राशि जस्तै वृश्चिक राशिको स्वामी पनि मंगल नै हुने गर्छ। मंगलकै कारण यो राशी साहसी हुने गर्छ। यस राशिका मानिसहरु कुनै पनि काममा जोखिन लिन कहिल्यै पछि हट्दैनन् र डराउदैनन् पनि । आफ्नो काम निकै इमान्दारीका साथ पनि गर्ने गर्छन्।

आफ्नो मेहनतले अन्य राशिहरु भन्दा पनि बढी शक्तिशाली बन्ने गर्छन् । यो राशी हुनेहरु राम्रा योजनाकार पनि हुने गर्छन्। र, आफ्नो योजनाहरुलाई जसरी पनि सफल बनाएरै छाड्छन्। जसमा भाग्यले पनि ठूलो भूमिका निभाएको हुन्छ।

मकर राशि (नाम अक्षर- भो, जा, जी, खी, खू, खा, खो, गा, गी)
ग्रहहरुमा शनिको सबै भन्दा फरक स्थान हुने गर्छ। शनिलाई ग्रहहरुको न्यायाधीश पनि भन्ने गरिन्छ।  मकर राशिको स्वामी शनि हो। यसै कारणले गर्दा मकर राशि हुने मानिसहरुलाई शनिदेवको विशेष कृपा रहने गर्छ ।

यो राशीका मानिसहरुमा आत्मविश्वास भरपूर हुने गर्छ। शनिले उनीहरुलाई राम्रेओ नेतृत्व क्षमता समेत प्रदान गर्ने गर्छ। कडा मेहनत र लगनशीलतासँगै आत्मविश्वासको बलमै यी राशी हुनेहरुले हरकाममा उपलब्धी हात परेरै छोड्छन्।

कुम्भ राशि (नाम अक्षर- गू, गे, गो, सा, सी, सू, से, सो, दा)
यो राशि चक्रको एघारौं राशी हो। यस राशीको स्वामी पनि शनि नै हो । शनिलाई कर्मफलदाता पनि भन्ने गरिन्छ। यो  ग्रहलाई हाम्रो कर्महरुको फल प्रदायक पनि मान्ने गरिन्छ।

यदि कुम्भ राशिका मानिसहरुले ईमानदारीताका साथ काम गरेको खण्डमा शनिले भरपूर साथ दिने गर्छ। जसले गर्दा आफ्नो कार्य क्षेत्रमा उच्च ओहोदामा पुग्ने सम्भावना पनि हुने गर्छ । कुम्भ राशि हुनेहरुले धेरै सोच्ने र चिन्तन गरेर मात्र योजना बनाउने गर्छन्। र उनीहरु बुद्धिमान पनि हुने गर्छन्। उनीहरुले समय र परिस्थितीलाई तत्काल बुझ्ने पनि गर्छन्। त्यसै कारण पनि यो राशी हुने मानिसहरु निकै शक्तिशाली पनि हुने गर्छन्।

प्रकाशित : सोमबार, बैशाख २२, २०७७१५:२९

उपहारमा यी ७ वस्तुहरु लिन र दिन हुदैन कहिल्यै, के-के पर्छ?