आइसोलेसनमै मृत्यु भएकी वृद्धाको स्वाब परीक्षण गरिँदै !

चितवन – पुरानो मेडिकल कलेजको आइसोलेसनमा उपचारका क्रममा मृ-त्यु भएकाको स्वाब परीक्षण गरिने भएको छ ।

दम, उच्च रक्तचाप र ज्वरो आएर उपचारका लागि आएकी रुपन्देही जिल्ला घर भई हाल खैरहनी नगरपालिका–१२ बस्ने ६० वर्षीया उमादेवी विकको उपचारका क्रममा मङ्गलबार राति मृ-त्यु भएको थियो ।

अस्पतलामा विकको मृ-त्यु भएपछि कोरोना भाइरसको आशङ्कामा स्वाब सङ्कलन गरी काठमाडौँ पठाउने तयारी गरिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए।

मृ-त्यु भएकी विकको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । यसअघि पनि भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत वीरगञ्जका सन्तोष यादवको मृ-त्यु भएको थियो । उनको पनि स्वाब परीक्षण गरिएको थियो । तर, उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।

खाद्य कम्पनीबाट अनलाइनमार्फत ग्राहकलाई सेवा

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनलाइनमार्फत चक्रपथभित्रका २१२ ग्राहकलाई सेवा प्रदान गरेको छ । लकडाउनका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै कम्पनीले गत चैत २६ देखि यही वैशाख २२ गतेसम्म अनलाइनमार्फत उपभोक्तालाई होम हेलिभरीमार्फत सेवा प्रदान गरेको हो ।

कम्पनीले दैनिक तीन भ्यानमार्फत खाद्य पदार्थको अनलाइन बिक्रीवितरण गर्दै आएको छ । सोअनुसार १०६ क्विन्टल चामल, ७५५ किलो कर्णालीको सिमी र ३३ किलो दाल बिक्री गरिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार हाल रञ्जित स्टिम, सोना र जापानी चामल, कर्णाली सिमी, केराउ दाना, मुसुरो र रहरको दाल अनलाइनमार्फत बिक्रीवितरण गरिएको छ । अब छिट्टै दुग्ध विकास संस्थानबाट उत्पादित घिउलगायत खाद्य सामग्री पनि बिक्री सूचीमा राखिने जानकारी उनले भने।

लकडाउन अवधिमा काठमाडौँ उपत्यकाका बिक्री काउन्टर थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकबाट चार हजार ९२० क्विन्टल चामल, दुई हजार ९५३ किलो सिमी, २३८ किलो फापर र ९६ किलो दाल बिक्री भएको छ ।

सामाजिक तथा व्यापारिक दुवै उद्देश्यका साथ सञ्चालनमा ल्याइएको कम्पनीले आगामी दिनमा आवश्यकतानुसार किसानका उत्पादन खरीद तथा भण्डारण गर्ने तथा दुर्गम जिल्ला र बजारको सम्भावनालाई समेत अध्ययन गरी विभिन्न उपभोग्य सामग्रीका साथै अन्य व्यापारिक वस्तु खरिदबिक्री गर्ने जनाइएको छ ।

प्रकाशित : बुधबार, बैशाख २४, २०७७०६:२३

बाँकेमा फेला परेका संक्रमितको ‘ट्राभल हिस्ट्री’ खोजिँदै !