चीरहरणको समय श्रीकृष्णद्वारा द्रौपदीको लाज बचाउनुको पछाडी थिए यस्ता दुई कारण !

काठमाडौँ : महाभारतमा द्यूत-क्रीडा(जुवा खेल्ने)को समयमा युधिष्ठिरले द्रौपदीलाई दाऊमा लगाए र दुर्योधनको पक्षबाट कौरवका मामा शकुनिले द्रौपदीलाई जिते। त्यस समय दुःशासनले द्रौपदीको कपालमा समातेर उनलाई घिसारेर सभामा ल्याए। जब त्यहाँ द्रौपदीको अपमान भईरहेको थियो तब भीष्म पितामह, द्रोणाचार्य र विदुर जस्ता न्यायकर्ता र महान व्यक्तिहरु पनि बसिरहेका थिए तर त्यहाँ सबै दिग्गज शिर निहुराएर बसिरहेका थिए। उनीहरु सबैले मौन बसेको दण्ड पनि पाए।

दुर्योधनले आदेश दिने बित्तिकै दुःशासनले सभामै द्रौपदीको सारी उतार्न सुरु गरे। सबै मौन थिए, पाण्डव पनि द्रौपदीको लाज बचाउँन असमर्थ भए। तब द्रौपदीले आँखा बन्द गरी वासुदेव श्रीकृष्णलाई आव्हान गरिन्। श्रीकृष्ण त्यस समय सभामा उपस्थित थिएनन्।

द्रौपदीले भनिन्, ‘हे गोविन्द, आज आस्था र अनास्था बीच युद्ध चलिरहेको छ। आज देख्न चाहन्छु कि ईश्वर छन् या छैनन्’…तब श्रीहरि कृष्णले सबै समक्ष एक चमत्कार प्रस्तुत गरे र द्रौपदीको सारी तब सम्म लामो भईरह्यो जबसम्म दुःशासन बेहोश भएनन्।

यो भनिएको छ कि श्रीकृष्ण द्वारा द्रौपदीको लाज बचाउनुको पछाडी दुई कारण थिए। पहिलो यो हो कि उनी उनको साथी थिईन र दोस्रो यो हो कि उनले दुई पुण्य कार्य गरेकी थिईन। यद्यपि यी दुई कारणहरु नभएको भए पनि भगवान श्रीकृष्णले द्रौपदी लाज अवश्यै बचाउँथे।

पहिलो पुण्य कार्य : त्यो पुण्य कर्म यो थियो कि एक पटक द्रौपदी गंगामा स्नान गरिरहेकी थिईन्, त्यसै समय एक साधु स्नान गर्न आए। स्नान गर्दा साधुको लंगोट(पुरुषले लगाउने एक अन्त:वस्त्र) पानीले बगायो। त्यस अवस्थामा बाहिर कसरी निस्कने ? यस कारण उनी एक झाडी पछाडी लुकेर बसे। द्रोपदीले साधुलाई त्यस अवस्थामा देखी आफ्नो सारीबाट लंगोट बराबरको टुक्रा फाटेर दिईन। साधुले प्रसन्न भई द्रौपदीलाई आशिर्वाद दिए।

दोस्रो पुण्य : एक अर्को पौराणिक कथा अनुसार जब श्रीकृष्णद्वारा सुदर्शन चक्रले शिशुपालको बध गरे, त्यस समय श्रीकृष्णको औंला पनि काटिएको थियो। औंला काटिए पछि निरन्तर रगत बग्न सुरु भएको थियो। तब द्रौपदीले आफ्नो सारी फाटिन् र श्रीकृष्णको औंलामा बाँधिन।

यस कर्मको बदलामा श्रीकृष्णले द्रौपदीलाई आशिर्वाद दिएर भनेका थिए कि एक दिन अवश्यै तिम्रो सारीको मूल्य चुक्ता गर्नेछु। यी कर्महरुका कारण श्रीकृष्णले द्रौपदीको सारीको यस पुण्यको बदला ब्याज सहित यति बढाएर फिर्ता गरे र द्रौपदीको लाज बच्यो।

प्रकाशित : बुधबार, बैशाख २४, २०७७१४:१२

यी ४ राशी हुने व्यक्तिमा हुने गर्छ धनि बन्ने सबै गुण: सधैँ गर्छन् अरुमाथि राज !