एजेन्सी – अन्तरिक्ष वैज्ञानिकहरूले सूर्यको चमकमा कमी आएको बताएका छन्। जर्मनीको म्याक्स प्लान्क संस्थानका अन्तरिक्ष वैज्ञानिकहरू सूर्य उर्जा र चमकमा कमी आएको दावी गरेका हुन्। पहिलाको तुलनामा सूर्य कम्जोर हुँदै गएको वैज्ञानिकहरुको दावी छ।
आकाशगंगामा उपस्थित अन्य ताराहरुको तुलनामा सूर्य केहि समय देखि कम्जोर हुँदै गएको बताइन्छ। पछिल्लो ९ हजार वर्षमा सूर्यको चमकमा पाँच गुणा ह्रास आएको वैज्ञानिकहरु बताउँछन्।
हजारौं वर्ष देखि सूर्य कम्जोर भएको विषयमा अहिले वैज्ञानिकहरु अनुसन्धान गर्दैछन्। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको केपलर स्पेस टेलिस्कोपबाट प्राप्त डाटाको अध्ययन पश्चात वैज्ञानिकहरुले सूर्यको चमकमा कमी आएको पत्ता लगाएको बताइएको छ।
वैज्ञानिकहरुका अनुसार सूर्य लगभग हजार वर्ष देखि शान्त छ। सन् १६१० देखि लगातार सूर्यमा बन्ने सोलार स्पट कम हुँदै गएको छ। गत वर्ष २ सय ४६ दिन सम्म कुनै सोलार स्पट नबनेको विज्ञानिकहरु बताउँछन्।
सूर्यको केन्द्रबाट उष्ण तापक्रमको लहर उठ्दा सौर्य स्पटहरू बन्छन्। सूर्यको मध्यभागमा विस्फोट हुँदा सोलार स्पट बन्ने र चमक बढ्ने हुन्छ। तर, सूर्यमा लगातार घटिरहेको गतिविधिले सूर्यलाई कम्जोर बनाइरहेको छ।