काठमाडौँ – भारतीय नागरिकले नेपाल-भारत सीमामा रहेको सशस्त्र प्रहरीको अस्थायी पोष्टमा आक्रमण गरेका छन्।
बाराको सुर्वण गाउँपालिका-३ कबहीगोठस्थित नेपाल-भारत सीमामा रहेको सशस्त्र प्रहरीको अस्थायी पोष्टमा बिहिबार भारतीयहरुले आक्रमण गरेका हुन्।
नेपाल प्रवेश गर्न खोज्ने दुई भारतीयलाई फर्काएपछि करिब एक सयको संख्यामा आएका भारतीय नागरिकहरुले सशस्त्र प्रहरीको अस्थायी पोष्टमा क्षति पुर्याएको बताइएको छ।
सीमा पारीबाट नेपालतर्फ आउन खोज्नेलाई रोकेर फर्काएपछि एक सयको संख्यामा भारततर्फका नागरिक आएर तोडफोड गरेको सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले जनाएका छन्। भारतीय नागरिक तोड-फो-डमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एक राउण्ड ह-वाई फा-यर समेत गरिएको उनको भनाई छ। भारतीयको आक्रमणका कारण अस्थायी पोष्टमा सामान्य क्षति पुगेको छ।
सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेपछि उनीहरु भारत तर्फनै फर्किएको र स्थिति नियन्त्रणमा आइसकेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताएका छन्।
लायन्स क्लब निजगढद्वारा रक्तदान
लायन्स क्लब निजगढले २५६४औँ बुद्धजयन्तीको अवसरमा आज रक्तदान कार्यक्रम आयोजना गरेको छ । तेह्र महिलासहित १०० जनाले रक्तदान गरेको लायन्स क्लब अफ निजगढका प्रेसिडेन्ट विनोद खरेलले जानकारी दिए।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण रक्तदानमा कमी आएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । स्थानीय जनप्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राजनीतिक दलका स्थानीय नेता, व्यवसायी, स्थानीय सामाजिक सङ्घसंस्थाका प्रतिनिधि र कर्मचारीले रक्तदान गरेका थिए ।