“भारतले नेपाली भूमिमा सडक बनाइरहँदा हाम्रा रक्षामन्त्री कहाँ थिए ?, जबाफ चाहियो”

काठमाडौँ – ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले नेपाली भूमीमा भारतले सडक माग बनाएको विषयमा भारतीय समकक्षीसँग वार्ता गर्न रक्षामन्त्रीसँग माग गरेका छन्।

भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेपछि सामाजिक संजाल मार्फत फणिन्द्र नेपालले यस्तो बताएका हुन्।

भारतले लिपुलेकबाट मानसरोवर जाने मार्गको उद्घाटन गरेपछि लिम्पियाधुरा-कालापानी-लिपुलेक क्षेत्रको करिब ४०० वर्ग किलोमिटर जमिन गुमेको आशंका पैदा भएको भन्दै उनले तत्काल समस्याको शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेका छन्।

यस्तै उनले भारतले नेपाली भूमिका सडक निर्माण गर्दा नेपाल सरकार बेखबर भएको प्रति पनि प्रश्न उठाएका छन्। भारतले लिपुलेक मार्ग बनाइरहँदा हाम्रा रक्षामन्त्री कहाँ थिए ? भन्दै उनले प्रश्न गरेका छन्।

सामाजिक संजालमा फणिन्द्रले यसो लेखेका छन् –

“इन्डियाले लिपुलेक मार्ग बनाइरहँदा हाम्रा रक्षामन्त्री कहाँ थिए ? इन्डियाका रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फ्रेन्समार्फत मार्फत् लिपुलेकबाट मानसरोवर जाने मार्गको उद्घाटन गरेपछि लिम्पियाधुरा-कालापानी-लिपुलेक क्षेत्रको करिब ४०० वर्ग किलोमिटर जमिन नेपालले गुमाएको आशङ्का उत्पन्न भएको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा रक्षामन्त्री ईश्वर पोख्रेललाई यसबारे नेपाली जनतालाई तत्काल जबाफ दिन र १ घन्टाभित्र इन्डियाली समकक्षीसँग टेलिफोन वार्ता गरी समस्याको शान्तिपूर्ण समाधान खोज्न  आग्रह गर्दछ ।”

प्रकाशित : शनिबार, बैशाख २७, २०७७०६:१०

यूएईमा एकै दिन २२ नेपाली महिलामा कोरोनाको पुष्टि, नेपाली संक्रमितको संख्या यति पुग्यो !