थाईल्याण्डमा एक युवकको कानबाट डाक्टरले निकाले जिउँदो माउसुली !

असार १९ , थाईल्याण्डको ब्यांकक स्थित २५ बर्षिया एक युवकको कानबाट जिउदो माउसुली निकालिएको छ। केहि दिन अघिदेखि कान दुखेको र कानमा केहि चलेको जस्तो भएकाले अस्पतालमा देखाउन जादा डाक्टरहरुले उनको कानबाट माउसुली निकालेका हुन्।

डाक्टरले युवकको कानमा आफसेआफ किरा बाहिर आउने एंटीबायोटिक ड्रप हालिदिएका थिए तथापी कुनै पनि असर देखा नपरेपछि उनीहरुले चिम्टीको प्रयोग गरेका थिए। जब चिम्टीले किरा झिक्ने प्रयासमा थिए तब कानबाट किरा नभई माउसुली निस्कदा उपचारमा कार्यरत डाक्टरहरु चकित परेका थिए।

कानबाट जीवित माउसुली निकालिएको हुदा युवकको कानको दुखाई अलिकति पनि कम नभएको उनीहरुको भनाइ रहेको छ। थाईल्याण्डमा माउसुलीलाई ‘जिंग जोक’ भन्ने गरिन्छ। युवकको कानमा अचानक माउसुली कहाबाट र कसरी पस्यो भन्ने बारेमा केहि पनि जानकारी भएको छैन।  पिडित युवक हाल डाक्टरको निगरानीमा रहेका छन।

 

 

 

प्रकाशित : बिहिबार, असार १९, २०७६०९:१४

दुनियाको यस्तो रहस्यमयी गाउँ जहाका मानिस लगायत पशुपन्छीले पनि देख्दैनन आँखा !