विश्‍वका यी देशमा देखिएको छैन कोरोना भाइरस ! [सूची सहित]

एजेन्सी – चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस संक्रमण विश्वभर पुगेको छ। अहिले सम्म विश्वभरका ४० लाख भन्दा बढी मानिस यस भाइरसबाट संक्रमित छन्।

शनिबार अपराह्न सम्म संक्रमितको संख्या विश्वभर ४० लाख ३८ हजार ६ सय ६४ पुगेको छ भने विश्वभर २ लाख ७६ हजार ८ सय ८० जनाको ज्यान गइसकेको छ।

सबै भन्दा बढी संक्रमित अमेरिकामा भेटिएका छन्। अमेरिकामा हाल सम्म १३ लाख भन्दा बढी संक्रमित फेला परेका छन्। विश्वको सबै भन्दा बढी मृत्यु पनि अमेरिकामा नै भएको छ। त्यहाँ अहिले सम्म ७८ हजार ६ सय २२ जनाको ज्यान गइसकेको छ।

त्यसैगरी दोस्रो धेरै मृत्यु बेलायतमा भएको छ । बेलायतमा ३१ हजार २४१ जनाको मृत्यु भएको जनाएको छ । बेलायतमा संक्रमितको संख्या दुई लाख ११ हजार ३६४ रहेको छ । कोरोना भाइरसका कारण धेरै मानवीय क्षति भएका मध्ये इटलीमा ३० हजार २०१, स्पेनमा २६ हजार ४७८, फ्रान्समा २६ हजार २३०, रुसमा एक हजार ८२७ जनाको मृत्यु भएको छ । धेरै मानवीय क्षति भएकाहरुमा जर्मनी, ब्राजिल, टर्की, इरानलगायतका देश पनि रहेका छ ।

विश्वका धेरै जस्तो देश कोरोना भाइरसबाट पिडित भएको अवस्थामा पनि केहि मुलुक भने यस भाइरस देखिएको छैन। संयुक्त राष्ट्रसंघीय विश्व स्वास्थ्य संगठनको तथ्यांकका अनुसार विश्वका करिब एक दर्जन मुलुकमा कोरोना देखिएको छैन।

संयुक्त राष्ट्रसंघीय विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार किरोना नदेखिएका मुलुकहरु निम्न छन्।

१. किरिबाटी

२. लेसोथो

३. मार्सल आइल्यान्ड

४. माइक्रोनेसिया

५. नाउरु

६. उत्तर कोरिया

७. पलाउ

८. समोआ

९. तुर्कमेनिस्तान

१०. टुभालु

११. भानुआटु

१२. टोंगा

१३. सोलोम आइल्यान्ड

प्रकाशित : शनिबार, बैशाख २७, २०७७१२:५२

मङ्गलबार पुच्छ्रेतारा पृथ्वीको धेरै नजिक आउँदै: यी कार्य नगर्न ज्योतिषहरुको सुझाव !