भोलिदेखि उपत्यकामा गाडी चलाउन नयाँ नियम, ‘टाइम कार्ड’ लागू गरिने !

काठमाडौँ – भोलि आइतबार देखि काठमाडौँ उपत्यकामा गाडी चलाउन ‘टाइम कार्ड’ लागू हुने भएको छ। यातायात आवागमनलाई सहजीकरण गर्नको लागि उपत्यकामा गाडी चलाउन ‘टाइम कार्ड’ लागू गरिने भएको हो।

सरकारले उद्योग, कलकारखाना तथा अत्यावश्यक विभिन्न क्षेत्रहरु खुलाउने निर्णय गरेसँगै यातायात सहजीकरणका लागि ‘टाइम कार्ड’ लागू गर्न लागिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

उनका अनुसार शुक्रबार उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखसहितको बैठकले उपत्यकामा चल्ने सवारीका विषयमा आवश्यक कार्ययोजनासहित सहजीकरण गर्ने निष्कर्ष निकालेको हो।

कास निर्माणसम्बन्धीका सामग्री बोकेका हेभी सवारी राति ८ः०० देखि बिहान ६ः०० बजेसम्म चल्न पाउने छन् । बैंक तथा वित्तीय संस्थाका गाडी बिहान ९ः०० देखि १९ः३० सम्म तथा बेलुका ३ः३० देखि ५ः०० बजेसम्म चल्न पाउने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमखु, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए। उनका अनुसार सरकारले गरेको निर्णय र निर्देशन अनुसार विकास निर्माणका कामलाई सहजीकरण गर्दै अन्य गतिविधिलाई भने पूर्ण रोक्ने गरी प्रहरी परिचालन गरिएको छ । सरकारी कार्यालयलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म र घर फर्कन बेलुकी ५ बजेदेखि ६ बजेसम्म समय निर्धारण गरिएको छ।

सरकारले कृषि, रासायनिक मल, प्राङ्गारिक मल बोकेका ढुवानीका साधन, जनक शिक्षा सामग्री केन्द्रको सिफारिसमा शैक्षिक सामग्री बोकेका सवारी, विकास आयोजना सम्बन्धी, स्वास्थ्यसम्बन्धीका गाडी, भन्सारबाट जाँच पास भएर आएका मालबाहक सवारीलाई चल्न दिने निर्णय गरेको छ । यस्ता सबै सवारी चल्नका लागि आवश्यक स्वास्थ्य मापदण्ड भने अपनाउनुपर्ने हुन्छ ।

यस्तै सार्वजनिकस्थल, धार्मिकस्थलमा जमघट गर्न, खेलसम्बन्धी, होटल रेष्टुराँ, यात्रुबाहक बस सञ्चालन गर्न भने सरकारले रोकेको छ । यस्तै बालबालिका, वृद्धवृद्धा, असक्त मानिसको आवतजावतमा समेत रोक लगाएको छ ।

प्रकाशित : शनिबार, बैशाख २७, २०७७१३:५४

सार्कमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख नाघ्यो ! कुन देशमा कति ?