भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो, एकै दिन गयो १०० भन्दा बढीको मृत्यु !

एजेन्सी – भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६० हजार नाघेको छ। बितेको २४ घण्टामा ३ हजार १ सय १३ जना संक्रमित थपिएसँगै भारतमा कोरोना संक्रमितको संख्या ६२ हजार ८ सय ८ पुगेको हो।

आइतबार बिहान सम्म त्यहाँ कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या पनि २ हजार नाघेको छ। यो समाचार तयार पार्दा सम्म त्यहाँ २ हजार १ सय १ जनाको ज्यान गइसकेको छ। बितेको २४ घण्टामा मात्रै भारतमा १ सय १६ जनाको ज्यान गएको छ। भारतमा एकैदिन १०० जना भन्दा बढीको ज्यान गएको यो पाँचौ पटक हो।

भारतमा १९ हजार ३ सय १ जना कोरोना संक्रमित निको पनि भएका छन्। अहिले भारतका विभिन्न अस्पतालमा ४१ हजार ४ सय ०६ कोरोना संक्रमितको उपचार भइरहेको छ।

यस्तै आइतबार बिहान सम्म विश्वभर कोरोना संक्रमितको संख्या ४० लाख ९८ हजार २ सय ८८ पुगेको छ भने ज्यान गुमाउनेको संख्या २ लाख ८० हजार २ सय २४ पुगेको छ।

बितेको २४ घण्टामा विश्वभर ८८ हजार ९ सय ९७ नयाँ संक्रमित फेला परेका छन् भने ४ हजार २ सय ४८ जनाको ज्यान गएको छ। विश्वभर निको हुनेको संख्या १४ लाख ३६ हजार २ सय ६ पुगेको छ।

प्रकाशित : आइतबार, बैशाख २८, २०७७०३:४७

बत्तीस सय तिरेर महाकाली तरे, बीच बाटामै अलपत्र !