करेलालाई हामी तरकारीको रुपमा प्रयोग गर्छौ । यसमा औषधीय गुण समेत हुन्छ । यसले मानव स्वास्थ्यलाई बिभिन्न फाईदा पुर्याउनुका साथै केही स्वास्थ्य समस्याहरुको समाधान समेत गर्छ । आँखिर करेलाले के–के फाईदा गर्छ त ? हेर्नुहोस् ।
–करेलाको जुसले टाइप टु मधुमेहलाई सबैभन्दा बढी लाभ मिल्छ ।
–करेलामा रहेका केही रासायनिक तत्वहरुले पनि इन्सुलिनको जस्तै काम गर्छन्, जसले रगतमा सुगरको मात्रा कम गर्न मद्दत गर्छन् ।
–यसमा भएका फाइबरहरुले खाना पचाउन मद्दत गर्छन् । यसले गर्दा कब्जियतको समस्या पनि हट्छ ।
–यसले कलेजो र ब्लाडरलाई स्वस्थ बनाउन मद्दत गर्छ ।
–यसका साथै मिर्गौलाको पत्थरी हटाउन पनि सहयोग गर्छ ।
–यो मुटुको समस्याका लागि पनि लाभदायी मानिन्छ । यसले शरीरमा भएको खराब कोलेष्टेरोल हटाई हृदयाघात हुने सम्भावना कम गर्छ ।
–यसले रगतमा चिनीकोमात्र घटाई मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।
–करेलाको सेवनले क्यान्सरका कोष वृद्धि हुनबाट जोगाउछ ।
–करेलाको नियमित सेवनले छालालाई चम्किलो राख्न मद्दत गर्नुका साथै दागरहित बनाउन मद्दत गर्छ । छालाका रोग तथा संक्रमण हटाउछ । यसमा भएको भिटामिन सिले चाउरीपना हटाउछ ।
–करेलाको जुसले कपाल झर्ने समस्या पनि हटाउछ । करेलाको जुसमा चिनी मिसाएर लगाउनाले कपाल झर्ने समस्या समाधान हुन्छ ।