काठमाडौँ – सोमबार बिहान १० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणबाट १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कविलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका– ७ र १० नम्बर वडाका १० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोरोना पुष्टि भएकाहरुमा १८, १९, २०, २० २४, ३०, ३१, ३४ र ३४ वर्ष पुरुष रहेका छन्। संक्रमण पुष्टि भएका मध्ये एक जनाको भने उमेर खुलिसकेको छैन। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ भने त्यसमध्ये ३३ जना निको भएर घर फर्किइकेका छन् ।